घरेलु प्रतियोगिता मा दर्शकहरु को कीर्तिमानि उपस्तिथि : स्मरणीय
पुस १६ २०७४ ,अनलाईन खेलखबर । नेपाली क्रीकेट जगत कै हाल सम्मकै उच्च पुरुस्कार राशी रहेको बहुचर्चित क्रीकेट प्रतियोगिता ( ईपिएल ) हिजो मात्र भब्यता को साथ सम्पन्न भएको छ । निकै नै रोमाञ्चक खेलमा भैरहवा लाई १ रनले पराजित गर्दै बिराटनगर वारियर्स ले उपाधि आत्मसात हजारौं समर्थक सामु गरेको थियो ” फाईनल खेलको गतिविधि दर्शकहरुको साथ लाई जस्ता को तस्तै अनलाईन खेल खबर डट कम का लागि शलमान शाह ले तयार पार्नुभएको एक विशेष रिपोर्ट , उहाँ कै शैली मा – क्रमश
सनिवार को दिन , विदाको दिन , फुर्सदिलो दिन बहुचर्चित ईपिएल प्रतियोगिता को फाईनल दिन भिडदै थिए बिराटनगर र भैरहवा म करिव ११ :१५ बजे तिर खेल लाई अबलोकन गर्न घर मा निस्के , निस्केको करिव २० मिनेट पछी म मैदान बाहिर पुगदै गर्दा बाहिरै बाट ठूलो स्वर का साथ सुनिदै थियो , दर्शक को आवाज सुन्दै अन्दाज गरे केही ठ्लो मात्रा मा समर्थक आएका होलान , सनिवार को दिन किर्तिपुर मा जाडो मौसम मा पारिलो घाम ले सुन मा सुगन्ध थपिरहेको थियो । गेट्मा पुग्दा पुग्दै एकजना दाई ले भन्नुहुदै थियो ” चाडाईं जानुहोस , मैदान भरिन लागि सक्यो , टिकट पनि फ्री भएको छ ” सुरु मा त ती दाई ले भन्नू भएको बिश्वास पनि लागेन तर बाहिर देखि दर्शकहरु को आवाज सुन्दा त्यो कुरालाई प्रस्टाई रहेको स्पस्ट थियो म र मेरा सहकर्मी साथिहरु सुरुमा अचम्मित पनि पर्यौँ कहिँ अन्तर्राष्ट्रिय प्रतियोगिता मा नेपाल खेलिरहेको त छैन यो त केवल हाम्रो सोच मात्रै त थियो ।
फाईनल को टिकट केही समय मा नै सुरुमै विक्रि भएको रहेछ पछि बुज्दा आयोजक हरु को अनुमान भन्दा धेरै भन्दा धेरै बढि दर्शक आए पछि टिकट सकिएको रहेछ र सम्पुर्ण लाई निशुल्क प्रबेश गराईएको रहेछ ” एक आयोजक सदस्य ले खेल सकिए पछि सुनाउदै थिए ।
भित्र दर्शक हरु खचाखच भरीएका रहेछन , वारि देखि पारी सम्म खाली ठाउँ भेटाउन हम्मेहम्मे थियो भने क्रीकेट को माहोल ले बाताबरण लाई तताईरहेको थियो ..
सुरु मा टस जितेर ब्याटिङ मा उत्रिएको थियो कप्तान पारस खडका को टिम बिराटनगर वारियर्स भने शरद भेषावकर ले कप्तानी गरेको भैरहवा ग्लाडिएटर ले फिल्डिङ गरिरहेको थियो ।
दुबै टिम का समर्थकहरु आफ्नो आफ्नो टिम लाई हौसाउदै टिमको प्रदंशन लाई भरपुर साथ दिइरहेका थिए क्रीकेट का बार्हौँ खेलाडी दर्शक हरु – त्यो माहोल मा देखिथ्यो बालक , युवायुवती , अभिभावक परिवार सहित पनि लाग्यो साच्चिकै घरेलु प्रतियोगिता प्रति पनि यति ठूलो मोह यो ईपिएल बाट भएको छ ।
मलाई स्ययम अनौठो पक्ष नै थियो , यस अगि धेरै दर्शक महिले कहिले देखेको थिएन, ईभन ईपिएल का अगि का खेल हरु मा पनि अन्तर्राष्ट्रिय मा त भन्नै पर्दैन नेपाली टिम ले कति दर्शक पाउँछ , त्यो हामि सबै लाई थाहा नै छ , माहोल कस्तो हुन्छ भनेर र त्यसको विश्व जगत लाई पनि जानकारि भएकै कुरा हो ।
खेल चलिरहेको दौरान टिम समर्थक धेरै नै उत्साहित भएर खेल लाई नियाली रहेका थिए , चौका -छ्क्का विकेट र अन्य उत्कृष्ट पक्षमा दमदार “हुटिङ” दिदै आफ्नो आफ्नो टिम लाई हौसला बढाईरहेका थिए सुरुमा ब्याटिङ गरेको बिराटनगर ले १ सय ५० रनको लक्ष्य भैरहवा सामु पेश गर्न सफल भएको थियो ।
अब समय थियो माहोल लाई झनै मनोरञ्जक बनाउने त्यस मा आयोजक ले कुनै कन्जुस्याइँ गरेनन , नेपाल को बहुचर्चित रियारिटि सो नेपाल आईडल का टप फाईनालिस्ट निशान भट्टराई , प्रताप दास र बुद्ध लामा ले झनै साङ्गेतिक माहोल बाट हजारौं दर्शक लाई मनोरंजन प्रदान गरे , सुरुमा रास्टिय गान बाट सुरु गरेका थिए र अन्य चर्चित नेपाली गित गाएर भरपुर दर्शक लाई आनन्दीत बनाए यस्तै नेपाली चलचित्र का चर्चित कलाकार निखिल उप्रेती को आगमन ले पनि दर्शकबिद्द लाई झनै रौनकता थपेको थियो त्यो मैदान मा प्रस्टै देखिन्थ्यो ।
यता खेल पनि यति रोमाञ्चक बन्यो कि दर्शक हरु को मुटु को गति नै हाई , ढुक ढुक हुँदै थियो , अब के हुन्छ अब के हुन्छ ?? भन्ने प्रस्न सबै मा थियो खेल जारी हुँदै रहदा नकारात्मक पक्ष देखियो त्यो थियो पानि का बोत्तल हरु मैदान मा दर्शक हरु ले फालेका थिए , यसले आयोजक ले बिचमै खेल रोक्दै आयोजक बाट दर्शक लाई सम्झाउनु परेको थियो यो एउटा निन्दनीय कुरा हो ।
१ सय ५० रन को लक्ष्य पछ्याएको भैरहवा ले राम्रो सुरुवात गरेपनि अत्यका ओवर मा बिराटनगर ले जादुमय उत्कृष्ट कम ब्याक गरेको थियो , सुरुवात देखि भैरहवा को पक्षमा खेल देखिदै गएको थियो तर त्यो दिन बिराटनगर का लागि नै रहेछ अन्तिम १५ औँ ओवर मा शरद ५१ रन बनाउदै आउट भए पछी खेल को मोड नै फेरिएको थियो ।
यस अगि आठौँ ओवर मा अन्सुमन राथ जुन प्रतियोगिता भरी नै उत्कृष्ट प्रदंशन गरेका थिए उनको ओवर मा ३६ रन भैरहवा ले बनाएको थियो जसमा शरद ले अन्सुमन लाई मैदान मै थचक्क बस्ने बनाए यो एउटा उनको लागि र बिराटनगर का लागि खराब ओवर बनेको थियो ।
र हौसला दिने काम भैरहेको थियो । त्यसपछि प्रदीप ऐरी मात्र ६ रन बनाउदै आउट भए भने आरिफ शेखले २६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २७ रन तथा रोहित पौडेल ७ बलमा १ छक्का सहित ७ रन नै बनाएर पारस खड्काले गरेको १९ औं ओभरमा आउट भएका थिए ।
भैरहवालाई जित्नको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो, बलिङ मा अनिल शाह थिए । पहिलो बलमा कृष्ण कार्कीले चौका प्रहार गरेका थिए तर बाकी ४ बलमा बिना कुनै रन कृष्ण कार्की, भुवन कार्की र पुनित मिश्र आउट भएका थिए ।
अब जितको लागि भैरहवालाई अन्तिम बलमा ५ रनको आबश्यकता थियो भने बराबरी गर्नको लागि ४ रन चाहिएको थियो, ब्याटिंगमा नयाँ ब्याट्सम्यान भुपेन्द्र थापा थिए । उनले अन्तिम बलमा ३ रन प्रहार गरेका थिए तर भैरहवालाई हारबाट भने चोखो राख्न सकेनन् र बिराटनगरले उपाधी आत्मसात गर्दै ईतिहास बनाएको छ ।
यसरी घरेलु प्रतियोगिता मा दर्शन हरु को कीर्तिमान उपस्थिति ईपिएल क्रीकेट मा हुन पुगेको छ यसले घरेलुु प्रतियोगिता मा पनि ठूलो सम्भावना देखायो जुन एकदमै क्रीकेट का लागि सकारात्मक पक्ष हो ।
( नोट – यो अघिल्लो बर्षको फाईनल खेलको स्मरणीय रिपोर्ट हो ।)