केरला लाई सान्त्वना जित

केरला लाई सान्त्वना जित

मङ्सिर १४ , अनलाईन खेलखबर || बिहीवार निकै महत्त्वपूर्ण खेल मा नर्थन वारियर्स सगँ ८ बिकेट ले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन समेत रहेको केरला युएई मा जारी टि -१० लिगको लिग चरण बाटै बाहिरी सकेको थियो ।

लिग मा रहिरह्नन अर्थात् लिग को प्ले अफ पुग्न बिहिवार सम्पन्न नर्थन विरुद्ध नतिजा आफ्नो पक्ष मा पार्नु पर्ने थियो तर सोचे अनुरुप केरला ले प्रद्संन गर्न असफल भएपछि निराश हुन पुगेको थियो ।

तर आज शुक्रबार टिम ले लिग मा दोस्रो जित निकाल्ने क्रममा बेङ्गल टाईगर्स माथी ७ बिकेट ले जित निकाल्दै लिग को सुखद अन्त्य गरेको छ ।

युएई स्थित शाहजाह क्रीकेट एसोसिएसन रंगशाला मा आज भएको खेलमा टस हारेर पहिले बेङ्गल टाईगर्स ले ब्याटिङ गर्यो । जसअनुसार निर्धारित १० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर बेङ्गल ले १ सय २३ रन बनाएको थियो ।

बेङ्गल का लागि सुनिल नारायण ले सर्बाधिक ५२ रनको पारी खेल्दा रुथरफोड ले ३९ रनको योगदान टिम लाई दिए ।

बलिग तर्फ केरला का लागि बेनि र पार्निल ले समान २/२ बिकेट लिए भने सोएल तनबिर ले १ बिकेट हात पारे ।

सन्दिप लामिछाने ले भने ईनिग मा १ ओवर मात्र बलिग गर्दै २० रन खर्चिएपछि ब्यक्तिगत दोस्रो ओवर मा उनलाई निरन्तरता टिमले दिएन । लिग मा सुरुवाती खेल मा निकै राम्रो लय मा देखिएका सन्दिप पछिल्ला खेल मा भने निकै महगाँ साबित हुन पुगे ।

यसपछि १ सय २४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको केरला ले उक्त बिजयी लक्ष्य ८.४ ओवर मा मात्र ३ बिकेट गुमाएर भेटायो ।

केरलाको जित मा जोनि ले सर्बाधिक ८४ रनको पारी खेल्दै टिमलाई जित दिलाए । अबिजित रह्दै उनले २४ बलको सामना गर्दै ६ चौका र ८ छ्क्का प्रहार गरे । यस्तै गृस गेल ले १९ रनको पारी खेले ।

बलिग तर्फ बेङ्ल टाईगर्स का लागि मोह्म्मद नाबी ले २ बिकेट लिए भने सुनील नारायण ले १ बिकेट लिए ।

केरला ले ६ खेलबाट २ जित , १ बराबरि र ३ खेल मा पराजित हुँदै अंकतालिका मा ५ अंक जोडन सफल भयो ।

प्रतियोगिता को फाईनल आउदो डिसेम्बर २ तारिख मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *