onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अफगानिस्तान बन्यो बिश्वकप छनोट प्रतियोगिता को च्याम्पियन

चैत्र ११, अनलाईन खेलखबर || आइसीसी विश्वकप छनौट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । आज भएको फाइनल खेलमा वेस्टइण्डिजलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान विश्वकप छनौटको च्याम्पियन बनेको छ ।

प्रतियोगिता को फाईनालिस्ट अफगानिस्तान र वेस्टईन्डिज सन २०१९ मा ईङ्ल्याण्ड मा हुने बिश्वकप मा छनोट भैसकेको अबस्थामा आजको फाईनल उपाधी का लागि मात्र सिमित रहेको थियो ।

हरारे स्पोर्ट्स क्लब क्रीकेट मैदान मा भएको फाईनल मा २ सय ५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४०.४ ओभरमा केबल ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अफगानिस्तानलाई जित दिलाउन ओपनर मोहमद शाहजादले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ९३ बल मा ८४ रनको पारी खेलेका थिए यस्तै रहमत शाहले ५१ रन बनाएका सफल भएका थिए त्यस्तै गुलबदिन नएब ले १४ रन बनाउन सफल भएका थिए यस्तै अफगानिस्तान लाई जित दिलाउने क्रममा मोहमद नाबीले अबिजित २७ रन को योगदान दिदां समिउल्ला शेनवारि ले अबिजित २० रनको पारी खेलेका थिए ।

बलिङ तर्फ वेस्ट ईण्डिज का लागि कृश गेल ले २ बिकेट लिए भने केमियो पाउल ले १ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको वेस्टइण्डिजले अफगानिस्तानको कसिलो बलिङका आगाडी सम्मानजनक रन बनाउन असफल भएको थियो । वेस्टइण्डिजको पुरा टिम ४६.५ ओभरमा अल आउट हुदै २०४ रन बनाएको थियो । वेस्टइण्डिजका लागि रोभमन पावेलले सर्वाधिक ४४ रन बनाए भने शीम्रोन होल्डरले ३८ रन बनाएका थिए । भने अन्य ब्याटसम्यान को उल्लेख्य योगदान आज को फाईनल खेल मा हुन सकेको थिएन ।।

वेस्टइण्डिजलाई कम रनमा अल आउट गर्ने क्रममा १६ बर्षिय स्पिनर मुजीब उर रहमानले ४ विकेट लिएका थिए भने गुलबदीन नाबीले २ विकेट लिएका थिए । भने दौलत जार्दान , शारफुर्दिन असर्फ र राशिद खान ले समान १/१ विकेट लिएका थिए ।
फाईल फोटो

यता आजै अफगानिस्तानका १९ बर्षिय अफ स्पिनर रशिद खानले एक विकेट लिदै एकदिवसीय क्रिकेटमा छिटो सय विकेट लिने विश्व रेकर्ड बनाएका छ्न । उनले ४४ खेलमा सय विकेट लिदै अस्ट्रेलियाका मिच स्ट्राकको ५२ खेलमा सय विकेट लिएको रेकर्ड तोडेका छन् ।

यो सगै कुल १० टिम बाट उत्कृष्ट २ टोलि अफगानिस्तान र बेस्ट ईन्डिज आगामी एकदिवसिय बिश्वकप खेल्ने टिम बनेका छ्न ।।

प्रतिक्रिया दिनुहोस्