केरला ले पायो १२४ रनको बिजयी चुनौती : सन्दिप विकेट बिहिन
मङ्सिर १४ , अनलाईन खेलखबर || युएई मा जारी दोस्रो संस्करण को टि -१० लिग अन्तर्गत अहिले सन्दिप आवद्ध टिम केरला ले लिग मा आफ्नो अन्तिम खेल मा बेङ्गल टाईगर्स विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
अहिले शाहजाह क्रीकेट एसोसिएसन रंगशाला मा जारी खेलमा टस हारेर पहिले बेङ्गल टाईगर्स ले ब्याटिङ गर्यो । जसअनुसार निर्धारित १० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर बेङ्गल ले १ सय २३ रन बनाएको छ ।
बेङ्गल का लागि सुनिल नारायण ले सर्बाधिक ५२ रनको पारी खेल्दा रुथरफोड ले ३९ रनको योगदान टिम लाई दिए
बलिग तर्फ केरला का लागि बेनि र पार्निल ले समान २/२ बिकेट लिए भने सोएल तनबिर ले १ बिकेट हात पारे ।
सन्दिप ले भने ईनिग मा मात्र १ स्पेल मात्र गर्दै २० रन खर्चिएपछि ब्यक्तिगत दोस्रो ओवर मा उनलाई निरन्तरता दिईएन ।
यसअघि सन्दिप आवद्ध टिम केरला ले ५ खेलबाट १ जित , १ बराबरि र ३ खेल मा पराजित हुँदै अंकतालिका मा ३ अंक सहित ८ टिम बाट पुछार बाट दोस्रो स्थान मा रहेको छ ।
र लिग अन्तर्गत उत्कृष्ट ४ अर्थात प्ले अफ मा पुग्ने सम्भावना सकिएको छ ।यस अर्थमा केरला को आज को खेल जारी लिग मा अन्तिम नै हो ।
प्ले अफ मा पुग्न बिहिवार नर्थन बारियर्स सगँ को खेल केरला ले जित्नै पर्ने थियो , तर नर्थन सगँ पनि ८ बिकेट ले पराजित भएपछि जारी लिग मा डिफेन्डिङ च्याम्पियन लिग चरण बाटै बाहिरिएको हो ।
यता बेङ्गल टाईगर्स भने प्ले अफ नजिक रहेको छ , यदि आज हुने खेल मा नतिजा आफ्नो पक्षमा पार्न सफल भए स्वत प्ले अफ मा पुग्ने छ , नतिजा आफ्नो बिपरित आएमा अरुको खेल मा बेङ्गल भर पर्नुपर्नेहुन्छ ।
अहिले जारी खेलको प्रत्यक्ष प्रशारण सोनि ईएसपिएन टेलिभिजन ले गर्दैछ । भने सोनि लिभ मोबाइल एप्स र वेवसाईट बाट अनलाईन हेर्न सकिनेछ ।