सन्दिप आवद्ध केरला को टि -१० मा आज अन्तिम खेल
मङ्सिर १४ , अनलाईन खेलखबर || युएई मा जारी दोस्रो संस्करण को टि -१० लिग अन्तर्गत आज सन्दिप आवद्ध टिम केरला ले लिग मा आफ्नो अन्तिम खेल मा बेङ्गल टाईगर्स विरुद्ध खेल्दैछ ।
शाहजाह क्रीकेट एसोसिएसन रंगशाला मा अब केहि बेरपछि नेपाली समय अनुसार सवा ५ बजेपछि हुनेछ ।जसको प्रत्यक्ष प्रशारण सोनि ईएसपिएन टेलिभिजन ले गर्दैछ । भने सोनि लिभ मोबाइल एप्स र वेवसाईट बाट अनलाईन हेर्न सकिनेछ ।
दोस्रो चरण मा आईपुग्दा सन्दिप आवद्ध टिम केरला ले ५ खेलबाट १ जित , १ बराबरि र ३ खेल मा पराजित हुँदै अंकतालिका मा ३ अंक सहित ८ टिम बाट पुछार बाट दोस्रो स्थान मा रहेको छ ।
र लिग अन्तर्गत उत्कृष्ट ४ अर्थात प्ले अफ मा पुग्ने सम्भावना सकिएको छ ।यस अर्थमा केरला को आज को खेल जारी लिग मा अन्तिम नै हो ।
प्ले अफ मा पुग्न बिहिवार नर्थन बारियर्स सगँ को खेल केरला ले जित्नै पर्ने थियो , तर नर्थन सगँ पनि ८ बिकेट ले पराजित भएपछि जारी लिग मा डिफेन्डिङ च्याम्पियन लिग चरण बाटै बाहिरिएको हो ।
यता बेङ्गल टाईगर्स भने प्ले अफ नजिक रहेको छ , यदि आज हुने खेल मा नतिजा आफ्नो पक्षमा पार्न सफल भए स्वत प्ले अफ मा पुग्ने छ , नतिजा आफ्नो बिपरित आएमा अरुको खेल मा बेङ्गल भर पर्नुपर्नेहुन्छ ।
प्रतियोगिता को प्राबधान अनुसार अंकतालिका को पहिलो र दोस्रो हुने ले पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी हुने टिम स्वत डिसेम्बर २ तारिख मा हुने फाईनल पुग्ने छ ।
यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पहिलो ईलिमिनेटर खेल्नेछ ।
जसको बिजयी टोलि ईलिमिनेटर दोस्रो मा क्वालिफायर एक को पराजित टिम सगँ खेल्नेछ ।। यहाँ बाट बिजेता टिम ले फाईनल प्रबेश गर्नेछ
बाकी ईलिमिनेटर एक मा पराजित टोलि र ईलिमिनेटर २ को पराजित टोलि सगँ तेस्रो स्थान का लागि प्रतिस्पर्धा गर्नेछ्न । क्वालिफायर , ईलिमिनेटर का खेल १ डिसेम्बर मा हुनेछ ।
भने डिसेम्बर २ तारिख मा तेस्रो स्थान र लिग को फाईनल हुनेछ । फाईनल मा क्वालिफायर को बिजेता टोलि र एलिमिनेटर दुई को बिजेता टोलि भिडने छ्न ।
जारी लिग मा सन्दिप प्रदंशन ।
पहिलो खेल मा पख्तुन विरुद्ध ३ बिकेट लिएका थिए । भने दोस्रो खेल मा सिन्धिस विरुद्ध २ ओभर बलिग गरेका सन्दिप ले १४ रन खर्चिएर १ बिकेट लिएका थिए । जुन ईनिग को एक मात्र बिकेट थियो ।
यस्तै लिग को तेस्रो खेल मा राजपुत्स विरुद्ध भने सन्दिप ले ईनिग को पहिलो ओवर गर्ने मौका पाएका थिए । ईनिग को पहिलो ओवर मै सन्दिप ले टिमका लागि महत्त्वपूर्ण १ बिकेट हात पारे । उनले ओवर को पाचौ बल मा अफगानिस्तान का मोहम्मद शाहजाद लाई ब्यक्तिगत १ रन मा पभेलियन फर्काएका थिए ।
पहिलो ओवर मा ६ रन खर्चिएर १ बिकेट लिएका सन्दिप ले आफ्नो ब्यक्तिगत दोस्रो र ईनिग को सातौ ओवर मा भने सुरुका दुई बल मा लगातार २ छ्क्का खाए पनि तेस्रो बल मा भने वेस्ट ईन्डिज का कार्लोस ब्राथवेट लाई क्याच आउट गराएका थिए ।
२ ओवर गरेका सन्दिप ले २३ रन खर्चिएर महत्त्वपूर्ण २ बिकेट लिए ।
यस्तै चौथो खेल मा सन्दिप बिकेट बिहिन भए रत केही महगा समेत भए । पन्जावी लेजेन्डस विरुद्ध २ ओवर गर्दै २८ रनर खर्चिएका थिए ।
र पाचौं खेल मा नर्थन बारियर्स विरुद्ध यसअघि धेरै राम्रो प्रदशन गर्दै आएका सन्दिप लामिछाने ले धेरै निराशाजनक प्रदशन गरे , २ ओवर गरेका उनले धेरै महगाँ साबित हुँदै ४७ रन खर्चिए ।
पछिल्लो नर्थन वारियर्स विरुद्ध बाहेक अन्य चार खेल मा भने सन्दिप राम्रो लय मा बलिग गर्दै महत्त्वपूर्ण ६ बिकेट समेत लिईसकेका थिए ।