सन्दिप धेरै महगाँ साबित हुँदा टिम पराजित : डिफेन्डिङ च्याम्पियन केरला को प्ले अफ पुग्ने सम्भावना कमजोर
मङ्सिर १३ , अनलाईन खेलखबर || युएई मा जारी टि -१० लिग अन्तर्गत आज भएको खेलमा सन्दिप लामिछाने आवद्ध केरला नर्थन बारिवर्स सगँ ८ बिकेट ले पराजित भएको छ ।
प्ले अफ मा स्थान बनाउन आज को खेल जित्नै पर्ने दवाव मा रहेको केरला पराजित हुन पुग्दा डिफेन्डिङ च्याम्पियन समेत रहेको केरला को प्ले अफ पुग्ने सम्भावना निकै कठिन बनेको छ ।
अहिले सन्दिप आवद्ध टिम पुछार बाट दोस्रो स्थान मा छ । र अब एक खेल खेल्न मात्र बाकि छ । जुन खेल भोलि शुक्रबार बेङ्गल टाईगर्स विरुद्ध हुनेछ ।
निकै महत्त्वपूर्ण खेल मा आज शाहजाह क्रीकेट एसोसिएसन रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको केरला ले निर्धारित १० ओवर पुरै खेल्दै २ बिकेट गुमाएर १ सय १ रन बनाएको थियो ।
केरला का लागि आयरल्यान्ड का पाहुल स्टेलिङ ले सर्बाधिक ६० रनको पारी खेले मात्र २८ बलको सामना गरेका उनले ३ चौका र ५ छ्क्का समेत प्रहार गरे । यस्तै केरला का लागि ओपनर क्रिश गेल ले १४ रन र कप्तान अबेन मोर्गन १७ रनमा अबिजित रहे ।
बलिग तर्फ नर्थन का लागि हारदस भिलजेन र एन्द्रे रसेल ले समान १/१ बिकेट लिए ।
यस पछि नर्थन वारियर्स ले १ सय २ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी गर्दै ७.२ ओवर मा मात्र २ बिकेट गुमाएर भेटायो । नर्थन लाई जिताउन निकोलस पोरन र एन्द्रे रसेल ले अबिजित क्रमश ४३ र २९ रनको पारी खेले ।
बलिग तर्फ भने यसअघि धेरै राम्रो प्रदशन गर्दै आएका सन्दिप लामिछाने आज भने धेरै निराशाजनक प्रदशन गरे , २ ओवर गरेका उनले धेरै महगाँ साबित हुँदै ४७ रन खर्चिए ।
यसअघि का चार खेल मा भने सन्दिप राम्रो लय मा बलिग गर्दै महत्त्वपूर्ण ६ बिकेट समेत लिईसकेका थिए ।