सन्दिप को टिम केरला द्रारा नर्थन सामु औषत बिजयी लक्ष्य प्रस्तुत : केरला लाई प्ले अफ मा पुग्न आजको खेल जित्नैपर्ने दबाब
मङ्सिर १३ , अनलाईन खेलखबर || युएई मा जारी टि -१० लिग अन्तर्गत अहिले सन्दिप लामिछाने आवद्ध केरला ले लिग को पाचौं खेल मा नर्थन बारियर्स को सामना गरिरहेको छ ।
शाहजाह क्रीकेट एसोसिएसन रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको केरला ले निर्धारित १० ओवर पुरै खेल्दै २ बिकेट गुमाएर १ सय १ रन बनाएको छ ।
केरला का लागि आयरल्यान्ड का पाहुल स्टेलिङ ले सर्बाधिक ६० रनको पारी खेले मात्र २८ बलको सामना गरेका उनले ३ चौका र ५ छ्क्का समेत प्रहार गरे । यस्तै केरला का लागि ओपनर क्रिश गेल ले १४ रन र कप्तान अबेन मोर्गन १७ रनमा अबिजित रहे ।
बलिग तर्फ नर्थन का लागि हारदस भिलजेन र एन्द्रे रसेल ले समान १/१ बिकेट लिए ।
अब केही बेर मै नर्थन वारियर्स ले १ सय २ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।
लिग को दोस्रो चरण सम्म आईपुग्दा सन्दिप आवद्ध टिम पुछार बाट दोस्रो स्थान मा छ । र अब एक खेल खेल्न मात्र बाकि छ । जुन खेल भोलि शुक्रबार बेङ्गल टाईगर्स विरुद्ध हुनेछ । यस अर्थ मा लिग को प्ले अफ अर्थात उत्कृष्ट ४ भित्र पर्न आज को खेल जित्नै पर्ने छ ।
यस्तै नर्थन को अबस्था भने बलियो देखिएको छ । लिग मा ४ खेल बाट ६ अंक सहित अंकतालिका को दोस्रो स्थान मा रहेको छ ।
केरला ४ खेल बाट मात्र ३ अंक का साथ सातौ स्थान मा रहेको छ । यसअघि १ खेल मा जित निकाल्दा १ बराबरी र २ खेल मा केरला पराजित भएको थियो । यसले गर्दा आज र भोलि हुने खेल मा स्पष्ट नतिजा आफ्नो पक्षमा पार्न सके मात्र केरला को संभावना रहन्छ ।
नर्थन बारियर्स ड्यान सामी को कप्तानी मा रहेको टिम हो । जसमा ईमरान हैदर , रभी भोपरा , ड्यानिस स्मिथ , साम्सोन , क्रिश् गृन जस्ता खेलाडी हरु रहेका छ्न ।
यस्तै सन्दिप को टिम मा उनी सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।
प्रतियोगिता को प्राबधान अनुसार अंकतालिका को पहिलो र दोस्रो हुने ले पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी हुने टिम स्वत डिसेम्बर २ तारिख मा हुने फाईनल पुग्ने छ ।
यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पहिलो ईलिमिनेटर खेल्नेछ ।
जसको बिजयी टोलि ईलिमिनेटर दोस्रो मा क्वालिफायर एक को पराजित टिम सगँ खेल्नेछ ।। यहाँ बाट बिजेता टिम ले फाईनल प्रबेश गर्नेछ
बाकी ईलिमिनेटर एक मा पराजित टोलि र ईलिमिनेटर २ को पराजित टोलि सगँ तेस्रो स्थान का लागि प्रतिस्पर्धा गर्नेछ्न । क्वालिफायर , ईलिमिनेटर का खेल १ डिसेम्बर मा हुनेछ ।
भने डिसेम्बर २ तारिख मा तेस्रो स्थान र लिग को फाईनल हुनेछ । फाईनल मा क्वालिफायर को बिजेता टोलि र एलिमिनेटर दुई को बिजेता टोलि भिडने छ्न ।
अहिले जारी केरला र नर्थन बारियर्स को प्रत्यक्ष प्रशारण सोनि ईएसपिएन ले गरिरहेको छ । भने सोनि लिभ मोबाइल एप्स र वेबसाईट बाट अनलाईन पनि हेर्न सकिनेछ ।