
सन्दिप ले ईपिएल मा सुरुवाती २ खेल मात्र खेल्ने : कारण ब्यस्तता
मङ्सिर १३ , अनलाईन खेलखबर | ग्लोबल आईकन सन्दिप लामिछाने ले यहि आउदो डिसेम्बर ८ देखि २२ तारिख सम्म काठमाडौ स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा हुन गईरहेको चर्चित घरेलु क्रीकेट लिग एभरेष्ट प्रिमियर लिग(ईपिएल ) मा सुरुवाती २ खेल मात्र खेल्ने भएका छ्न ।
जसको आधिकारिक पुष्टि बुधबार उनी आबद्द ललितपुर प्याट्रियट्स ले गरेको पत्रकार सम्मेलन का क्रममा उक्त कुरा को जानकारी गराईएको थियो ।
क्रमश एकपछि अर्को बिश्वस्तर का क्रीकेट लिग मा सन्दिप अनुबन्धित भएपछी सन्दिप को ब्यस्तता स्वाभाविक रुपमा बढेको छ । समय को अभाव मा उनले यो घरेलु लिग गुमाउने छ्न ।
ईपिएल को दौरान बिश्वको चर्चित अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ खेल्ने छ्न । सन्दीपले मेलबर्न स्टार्स बाट बिग बास’ खेल्ने छ्न ।
ललितपुर प्याट्रियट्स बाट ईपिएल खेल्ने उनले डिसेम्बर ८ तारिख मा बिराटनगर वारियर्स र ९ तारिख मा चितवन टाईगर्स विरुद्ध खेल्नेछ्न । यसपछि उनी बिग बाँस खेल्न अस्टेलिया प्रस्थान गर्नेछ्न । बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ । बिग बाँस मा ८ टिम को सहभागिता रहने छ ।
अहिले सन्दिप युएई मा जारी टि -१० लिग खेलिरहेका छ्न । उनलाई केरला ले ३० हजार अमेरिकन डलर मा अनुबन्धित गरेको थियो । र जारी लिग मा सन्दिप ले उत्कृष्ट बलिग गरिरहेका छन ।