सन्दिप को टिम केरला ले आज अर्को खेल खेल्दै : सन्दिप उच्च लयमा
मङ्सिर १३ , अनलाईन खेलखबर || युएई मा जारी टि -१० लिग अन्तर्गत दोस्रो चरण को दोस्रो खेल मा सन्दिप को टिम केरला ले आज बिहिवार नर्थन वारियर्स सगँ भिडदै छ ।
यसअघि पन्जावी लेन्जड्स सगँ ३६ रनले पराजित भएको केरला का लागि आज हुने खेल निकै महत्त्वपूर्ण रहेको छ । खेल नेपाली समय अनुसार सवा पाचँ बजे पछि शारजाह क्रीकेट एसोसिएसन रंगशाला मा हुनेछ ।
नर्थन बारियर्स ड्यान सामी को कप्तानी मा रहेको टिम हो । जसमा ईमरान हैदर , रभी भोपरा , ड्यानिस स्मिथ , साम्सोन , क्रिश् गृन जस्ता खेलाडी हरु रहेका छ्न ।
यस्तै सन्दिप को टिम मा उनी सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।
लिग को संरचना अनुसार लिग दुई चरण बिभाजन गरि खेलाईएको थियो । कुल ८ टोलि को सहभागिता रहेको लिग मा पहिलो चरण मा ८ टिम बाट ४/४ टिम राखेर दुई समूह बिभाजन गरिएको थियो ।
जसमा सन्दिप को टिम केरला सगैँ समूह ” ए ” मा पख्तुन , राजपुत र सिन्धिस रहेका थिए । भने अर्को समूह “ब” मा बेङ्गल टाईगर्स , मरथा अरेबियल्स , नर्थन बारियर्स र पन्जावी लेजेन्ड्स रहेका थिए ।
पहिलो चरण मा समूह भित्र प्रत्यक टोलि हरु ले एक अर्का सगँ १/१ खेल खेले । यहाँ बाट प्रदशन का आधार मा दोस्रो चरण का लागि पहिलो , दोस्रो , तेस्रो र चौथो हुँदै अर्को समूह को टिम सगँ क्रस मा खेलिरहेका छ्न ।
पहिलो चरण को खेल बाट समूह ” ए मा पख्तुन ३ खेल बाट २ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिका मा पहिलो स्थान मा रहयो भने राजपुत को ३ खेल बाट १ जित , १ हार र १ बराबरी सहित सहित ३ अंकसहित अंकतालिका मा दोस्रो स्थान मा रह्यो । भने समान अंक भएपनि नेटरनरेट मा पछि पर्दै सन्दिप आबद्ध केरला तेस्रो स्थान मा रहयो । चौथो मा सिन्धिस रहयो ।
यस्तै अर्को समूह “बि ” मा नर्थन बारियर्स ले ३ खेल मा २ जित १ हार ब्यहोर्दै ४ अंकसहित समूह को पहिलो स्थान मा रहयो , दोस्रो मा समान ४ अंक भएपनि नेट रनरेट मा पछि पर्दै बेङ्गल टाईगर्स रहयो ,तेस्रो मा मरथा अरेबियन र चौथो मा पन्जावी लेजेन्ड्स रहयो ।
अब यहाँ बाट यहि को आधार मा टिमहरु ले खेलिरहेका छ्न । सन्दिप आवद्ध टिम जो समूह ” ए ” को तेस्रो स्थान मा रह्दै पन्जावी लेन्जड्स विरुद्ध खेल खेलिसक्यो भने अब उसले समूह बि मा रहेका दोस्रो र चौथो सगँ प्रतिस्पर्धा गर्न बाकि छ । यसरी नै अरु ले सोही अनुरुप बाटै प्रतिस्पर्धा गरिरहेका छ्न ।
प्रतियोगिता को प्राबधान अनुसार अंकतालिका को पहिलो र दोस्रो हुने ले पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी हुने टिम स्वत डिसेम्बर २ तारिख मा हुने फाईनल पुग्ने छ ।
यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पहिलो ईलिमिनेटर खेल्नेछ ।
जसको बिजयी टोलि ईलिमिनेटर दोस्रो मा क्वालिफायर एक को पराजित टिम सगँ खेल्नेछ ।। यहाँ बाट बिजेता टिम ले फाईनल प्रबेश गर्नेछ
बाकी ईलिमिनेटर एक मा पराजित टोलि र ईलिमिनेटर २ को पराजित टोलि सगँ तेस्रो स्थान का लागि प्रतिस्पर्धा गर्नेछ्न । क्वालिफायर , ईलिमिनेटर का खेल १ डिसेम्बर मा हुनेछ ।
भने डिसेम्बर २ तारिख मा तेस्रो स्थान र लिग को फाईनल हुनेछ । फाईनल मा क्वालिफायर को बिजेता टोलि र एलिमिनेटर दुई को बिजेता टोलि भिडने छ्न ।
यस्तै सन्दिप लामिछाने आवद्ध केरला ले भोलि शुक्रबार बेङ्गल टाईगर्स सगँ पनि खेल्नेछ ।
सन्दिप उच्च लयमा !
यता नेपाल का युवा क्रीकेटर सन्दिप लामिछाने को प्रदशन पनि उत्कृष्ट हुँदै गएको छ । उनले पहिलो खेल मा पख्तुन विरुद्ध ३ बिकेट लिएका थिए । भने दोस्रो खेल मा सिन्धिस विरुद्ध २ ओभर बलिग गरेका सन्दिप ले १४ रन खर्चिएर १ बिकेट लिएका थिए । जुन ईनिग को एक मात्र बिकेट थियो ।
यस्तै लिग को तेस्रो खेल मा राजपुत्स विरुद्ध भने सन्दिप ले ईनिग को पहिलो ओवर गर्ने मौका पाएका थिए । ईनिग को पहिलो ओवर मै सन्दिप ले टिमका लागि महत्त्वपूर्ण १ बिकेट हात पारे । उनले ओवर को पाचौ बल मा अफगानिस्तान का मोहम्मद शाहजाद लाई ब्यक्तिगत १ रन मा पभेलियन फर्काएका थिए ।
पहिलो ओवर मा ६ रन खर्चिएर १ बिकेट लिएका सन्दिप ले आफ्नो ब्यक्तिगत दोस्रो र ईनिग को सातौ ओवर मा भने सुरुका दुई बल मा लगातार २ छ्क्का खाए पनि तेस्रो बल मा भने वेस्ट ईन्डिज का कार्लोस ब्राथवेट लाई क्याच आउट गराएका थिए ।
२ ओवर गरेका सन्दिप ले २३ रन खर्चिएर महत्त्वपूर्ण २ बिकेट लिए ।
यस्तै चौथो खेल मा सन्दिप बिकेट बिहिन भए र केही महगा समेत साबित भए । पन्जावी लेजेन्डस विरुद्ध २ ओवर गर्दै २८ रन खर्चिएका थिए ।
जारी लिग मा हाल सम्म सन्दिप ले ६ बिकेट लिईसकेका छ्न ।