आज देखि टि- १० लिग को दोस्रो चरण का खेलहरु हुने :  आजै सन्दिप को टिम केरला ले पन्जावी विरुद्ध भिडने

आज देखि टि- १० लिग को दोस्रो चरण का खेलहरु हुने : आजै सन्दिप को टिम केरला ले पन्जावी विरुद्ध भिडने

मङ्सिर १० , अनलाईन खेलखबर || युएई मा जारी टि -१० लिग अन्तर्गत आज देखि दोस्रो चरण का खेल हरु हुदैछ्न ।

दोस्रो चरण मा नेपाल का युवा क्रीकेटर सन्दिप लामिछाने को टिम केरला ले पन्जावी लेजेन्ड्स विरुद्ध आज नेपाली समय अनुसार राती साढे १० बजेपछि प्रतिस्पर्धा गर्नेछ । यसपछि डिसेम्बर २९ मा नर्थन बारियर्स र ३० तारिख मा बेङ्गल टाईगर्स सगँ खेल्नेछ ।

पन्जावी लेजेन्ड्स को कप्तानी न्युजिल्यान्ड का ल्यूक रोंची ले गरेका छ्न ।भने टिम मा चर्चित अनुहार हरु को नाम छ । जसमा ईभिन लुईस , टोम मोरेस , उमर अकमल , क्रिश जोर्डन , जाहिर खान , मोहम्मद सामी , मिचेल म्याकक्लेघन जस्ता खेलाडी हरु छ्न ।

यस्तै सन्दिप को टिम मा उनी सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।

लिग को नियम संरचना अनुसार लिग दुई चरण बिभाजन गरि खेलाईएको छ । कुल ८ टोलि को सहभागिता रहेको लिग मा पहिलो चरण मा ८ टिम बाट ४/४ टिम राखेर दुई समूह बिभाजन गरिएको थियो ।

जसमा सन्दिप को टिम केरला सगैँ समूह ” ए ” मा पख्तुन , राजपुत र सिन्धिस रहेका थिए । भने अर्को समूह “ब” मा बेङ्गल टाईगर्स , मरथा अरेबियल्स , नर्थन बारियर्स र पन्जावी लेजेन्ड्स रहेका थिए ।

पहिलो चरण मा समूह भित्र प्रत्यक टोलि हरु ले एक अर्का सगँ १/१ खेल खेले । यहाँ बाट प्रदशन का आधार मा दोस्रो चरण का लागि पहिलो , दोस्रो , तेस्रो र चौथो हुँदै अर्को समूह को टिम सगँ क्रस खेल्नेछ ।

पहिलो चरण को खेल बाट समूह ” ए मा पख्तुन ३ खेल बाट २ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिका मा पहिलो स्थान मा रहयो भने राजपुत को ३ खेल बाट १ जित , १ हार र १ बराबरी सहित सहित ३ अंकसहित अंकतालिका मा दोस्रो स्थान मा रह्यो । भने समान अंक भएपनि नेटरनरेट मा पछि पर्दै सन्दिप आबद्ध केरला तेस्रो स्थान मा रहेको छ । चौथो मा सिन्धिस रहेको छ ।

यस्तै अर्को समूह “बि ” मा नर्थन बारियर्स ले ३ खेल मा २ जित १ हार ब्यहोर्दै ४ अंकसहित समूह को पहिलो स्थान मा रहयो , दोस्रो मा समान ४ अंक भएपनि नेट रनरेट मा पछि पर्दै बेङ्गल टाईगर्स रहयो ,तेस्रो मा मरथा अरेबियन र चौथो मा पन्जावी लेजेन्ड्स रहयो ।

अब यहाँ बाट यहि को आधार मा टिम ले खेल्नेछ्न । सन्दिप आवद्ध टिम जो समूह ” ए ” को तेस्रो स्थान मा रह्यो अब उसले समूह बि मा रहेका पहिलो , दोस्रो र चौथो सगँ प्रतिस्पर्धा गर्नेछ । यसरी नै अरु ले सोही अनुरुप बाटै प्रतिस्पर्धा गर्नेछ्न ।

प्रतियोगिता को प्राबधान अनुसार दुई चरण मा खेल खेलेपछी पहिलो चरण र दोस्रो चरण को कुल अंक जोडेर अंकतालिका को पहिलो र दोस्रो हुने ले पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी हुने टिम स्वत डिसेम्बर २ तारिख मा हुने फाईनल पुग्ने छ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पहिलो ईलिमिनेटर खेल्नेछ ।

जसको बिजयी टोलि ईलिमिनेटर दोस्रो मा क्वालिफायर एक को पराजित टिम सगँ खेल्नेछ ।। यहाँ बाट बिजेता टिम ले फाईनल प्रबेश गर्नेछ

बाकी ईलिमिनेटर एक मा पराजित टोलि र ईलिमिनेटर २ को पराजित टोलि सगँ तेस्रो स्थान का लागि प्रतिस्पर्धा गर्नेछ्न ।
क्वालिफायर , ईलिमिनेटर का खेल १ डिसेम्बर मा हुनेछ ।

भने डिसेम्बर २ तारिख मा तेस्रो स्थान र लिग को फाईनल हुनेछ । फाईनल मा क्वालिफायर को बिजेता टोलि र एलिमिनेटर दुई को बिजेता टोलि भिडने छ्न ।

जारि लिग मा सन्दिप को प्रदंशन

यता नेपाल का युवा क्रीकेटर सन्दिप लामिछाने को प्रदशन पनि उत्कृष्ट हुँदै गएको छ । उनले पहिलो खेल मा पख्तुन विरुद्ध ३ बिकेट लिएका थिए । भने दोस्रो खेल मा सिन्धिस विरुद्ध २ ओभर बलिग गरेका सन्दिप ले १४ रन खर्चिएर १ बिकेट लिएका थिए । जुन ईनिग को एक मात्र बिकेट थियो ।

यस्तै लिग को तेस्रो खेल मा राजपुत्स विरुद्ध भने सन्दिप ले ईनिग को पहिलो ओवर गर्ने मौका पाएका थिए । ईनिग को पहिलो ओवर मै सन्दिप ले टिमका लागि महत्त्वपूर्ण १ बिकेट हात पारे । उनले ओवर को पाचौ बल मा अफगानिस्तान का मोहम्मद शाहजाद लाई ब्यक्तिगत १ रन मा पभेलियन फर्काएका थिए ।

पहिलो ओवर मा ६ रन खर्चिएर १ बिकेट लिएका सन्दिप ले आफ्नो ब्यक्तिगत दोस्रो र ईनिग को सातौ ओवर मा भने सुरुका दुई बल मा लगातार २ छ्क्का खाए पनि तेस्रो बल मा भने वेस्ट ईन्डिज का कार्लोस ब्राथवेट लाई क्याच आउट गराएका थिए ।

२ ओवर गरेका सन्दिप ले २३ रन खर्चिएर महत्त्वपूर्ण २ बिकेट लिए ।

यस्तै हाल सम्म सन्दिप ६ बिकेट लिईसकेका छ्न । र जारी लिग मा हाल सम्म सबैभन्दा धेरै बिकेट लिने खेलाडी को सुचिमा पहिलो स्थान मा रहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *