onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रीकेट खेलाडी सघंको तेस्रो साधारणसभा सप्पन्न : मनिष राज पान्डेको नेतृत्व मा १२ सदस्यीय नयाँ कार्यसमिति गठन

चैत्र ११ , अनलाईन खेलखबर || आईतवार काठमाडौ मा क्रिकेट खेलाडी संघ(सिप्यान)को तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभा मार्फत अर्को कार्यकाल का लागि क्रीकेट खेलाडी सघं को १२ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ ।

अध्यक्ष डाक्टर मनिष राज पाण्डे नेतृत्व मा आइतबार काठमाडौंमा भएको साधारण सभाले कार्यसमिति को चयन गरेको हो ।

जस मा संघको उपाध्यक्ष मा राजु खड्का र सिता रानामगर छन् चयन भएका छन भने यस्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्का फेरि महासचिवमा दोहोरिएका छन् ।

फोटो – भानु सिग्देल

सचिवमा राजु बस्न्यात चयन हुँदा कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन्। संघको सदस्यहरुमा दिपेन्द्र चौधरी, बसन्त शाही, सोमपाल कामी , सुवास खकुरेल र करुणा भण्डारी निर्वाचित भएका छन् ।

साधारणसभा मा बोल्दै नवनिर्वाचित अध्यक्ष मनिष राज पाण्डेले नेपाल ले एक दिवसीय मान्यता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा क्यानको निलम्बन फुकुवा भई एक दिवसीय मान्यताको भरपुर सदूपयोग तर्फ आफूहरुले रचनात्मक भुमिका खेल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्