टि -१० लिग मा सन्दिप को उत्कृष्ट बलिङ  जारी : आज खेल भने रद्द

टि -१० लिग मा सन्दिप को उत्कृष्ट बलिङ जारी : आज खेल भने रद्द

मङ्सिर ९ , अनलाईन खेलखबर || युएई मा जारी टि -१० लिग अन्तर्गत आज आईतवार भएको खेल मा सन्दिप लामिछाने को टिम केरला र राजपुत्स को खेल बर्षात ले गर्दा रद्द भएको छ ।

लिग को समूह “ए” अन्तर्गत ब्रेन्डन म्याकलम को कप्तानी मा रहेको राजपुत्स विरुद्ध केरला ले ट्स जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

सुरुमा ब्याटिङ गरेको राजपुत्स ९ ओवर को समाप्ति मा ५ बिकेट गुमाएर ९४ रन बनाएको अबस्थामा मैदान मा बर्षात हुन पुगेपछी खेल प्रभावित हुन पुगेको हो ।

आज राजपुत्स का लागि लौरी इवांस ३८ रन मा अबिजित रहे । यस्तै कप्तान ब्रेन्डन म्याकुलम ले २१ रन र रिली रोसो ले २१ रनको योगदान टिम का लागि गरे ।

बलिग तर्फ केरला का लागि सन्दिप लामिछाने र फाबिन ले समान २ /२ र मोहम्मद नाबेद ले १ बिकेट लिएका थिए ।

सन्दिप ले आज भने ईनिग को पहिलो ओवर गर्ने मौका पाएका थिए । ईनिग को पहिलो ओवर मै सन्दिप ले टिमका लागि महत्त्वपूर्ण १ बिकेट हात पारे । उनले ओवर को पाचौ बल मा अफगानिस्तान का मोहम्मद शाहजाद लाई ब्यक्तिगत १ रन मा पभेलियन फर्काएका थिए ।

पहिलो ओवर मा ६ रन खर्चिएर १ बिकेट लिएका सन्दिप ले आफ्नो ब्यक्तिगत दोस्रो र ईनिग को सातौ ओवर मा भने सुरुका दुई बल मा लगातार २ छ्क्का खाए पनि तेस्रो बल मा भने वेस्ट ईन्डिज का कार्लोस ब्राथवेट लाई क्याच आउट गराएका थिए ।

२ ओवर गरेका सन्दिप ले २३ रन खर्चिएर महत्त्वपूर्ण २ बिकेट लिए ।

खेल रद्द भएपछि दुबै टिम ले समान १/१ अंक बाढेका छ्न । यो सगै समूह ” ए मा पख्तुन ३ खेल बाट २ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिका मा पहिलो स्थान मा यथावत नै रहयो भने राजपुत को ३ खेल बाट १ जित , १ हार र १ बराबरी सहित सहित ३ अंकसहित अंकतालिका मा दोस्रो स्थान मा रह्यो । भने समान अंक भएपनि नेटरनरेट मा पछि पर्दै सन्दिप आबद्ध केरला तेस्रो स्थान मा रहेको छ । चौथो मा सिन्धिस रहेको छ ।

लिग चरण मा केरला ले पहिलो खेल मा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल मा भने शेन वाट्सन ले कप्तानी गरेको सिन्धिस सगँ ९ बिकेट ले पराजित हुन पुगेको थियो ।

अब दोस्रो चरण मा केरला ले समूह “बि ” का पहिलो, दोस्रो र चौथो स्थान का टोलि बिरुद एक /एक खेल खेल्नेछ ।

प्रतियोगिता को प्राबधान अनुसार दुई चरण मा खेल खेलेपछी पहिलो चरण र दोस्रो चरण को कुल अंक जोडेर अंकतालिका को पहिलो र दोस्रो हुने ले पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी हुने टिम स्वत डिसेम्बर २ तारिख मा हुने फाईनल पुग्ने छ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पहिलो ईलिमिनेटर खेल्नेछ ।

जसको बिजयी टोलि ईलिमिनेटर दोस्रो मा क्वालिफायर एक को पराजित टिम सगँ खेल्नेछ ।। यहाँ बाट बिजेता टिम ले फाईनल प्रबेश गर्नेछ

बाकी ईलिमिनेटर एक मा पराजित टोलि र ईलिमिनेटर २ को पराजित टोलि सगँ तेस्रो स्थान का लागि प्रतिस्पर्धा गर्नेछ्न ।
क्वालिफायर , ईलिमिनेटर का खेल १ डिसेम्बर मा हुनेछ ।

भने डिसेम्बर २ तारिख मा तेस्रो स्थान र लिग को फाईनल हुनेछ । फाईनल मा क्वालिफायर को बिजेता टोलि र एलिमिनेटर दुई को बिजेता टोलि भिडने छ्न ।

यता नेपाल का युवा क्रीकेटर सन्दिप लामिछाने को प्रदशन पनि उत्कृष्ट हुँदै गएको छ । यसअघि पनि टिमले खेलेका दुई खेल मध्य दुई खेल मै सन्दिप ले राम्रो बलिङ गरेका थिए । उनले पहिलो खेल मा पख्तुन विरुद्ध ३ बिकेट लिएका थिए । भने दोस्रो खेल मा सिन्धिस विरुद्ध २ ओभर बलिग गरेका सन्दिप ले १४ रन खर्चिएर १ बिकेट लिएका थिए । जुन ईनिग को एक मात्र बिकेट थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *