onlinekhelkhabar.com

Complete website for Nepali Sports News

च्यारिटी खेलमा पारस ११ माथी जोन्टी ११ को रोमाञ्चक जित ( फोटोफिचर सहित )

मङ्सिर ८ , अनलाईन खेलखबर || दक्षिण अफ्रिकाका भेट्रान पूर्व क्रिकेटर जोन्टि रोड्स को कप्तानि मा रहेको जोन्टी ११ ले आज सनिवार त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा भएको मैत्रीपुर्ण च्यारिटी खेल लाई जितेको छ ।

आज भएको खेल मा जोन्टी को टिम ले पारस खड्का को टिम खड्का ११ लाई रोमाञ्चक खेलमा १ बिकेट ले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको पारस ११ ले निर्धारित २० ओवर पुरै खेल्दै ७ बिकेट को क्षतिमा २ सय ९ रनको ठूलो योगफल खडा गरेको थियो ।

यसपछि २ सय १० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको जोन्टी ११ अन्तिम ओवर मा लक्ष्य भेटाउदै १ बिकेट ले रोमाञ्चक जित हासिल गरेको हो ।

घरेलु दर्शक को राम्रो साथ पाएको च्यारिटी खेल मा कलाकार सुनिल थापा र अर्का हास्यकलाकार सन्दिप क्षेत्रि को खेल ले झनै दर्शक हरु लाई रमाईलो बाताबरण सिर्जना भएको थियो । सन्दिप ले कमेन्टी गर्दै सबै लाई हसाएका थिए ।

च्यारिटि खेलको पारस को टिम मा नेपाल का चर्चित हास्यकलाकार सन्दिप क्षेत्रि सहित र्राष्ट्रिय क्रीकेट खेलाडी ललित सिँह भन्डारि , विनोद भण्डारी, आरिफ शेख, आसिफ शेख जस्ता खेलाडी हरु रहेका थिए ।

यस्तै जोन्टी ११ बाट नेपाली का चर्चित अभिनेता सुनील थापा सहित क्रीकेट प्रशिक्षक मन्जुर आलम खान र्राष्ट्रिय क्रीकेट खेलाडी
अनिल कुमार साह, सुवास खकुरेल लगायत आयोजक टोलीका सदस्य हरु खेलेका थिए ।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा नोभेम्बर १२ देखि नोबेम्बर २१ सम्म संचालन भएको हाई परफर्मेन्स क्याम्पको लागि जोन्टी अघिल्लो आईतवार नेपाल आएका थिए ।

अस्टिमकेयर नेपाल सोसाइटी’ को लागि फन्ड रेजिङ का लागि आज को च्यारिटी खेल खेलाईएको थियो ।

जोन्टी रोड्स नेपाल बसाई का क्रम मा नेपाली युवा खेलाडी हरु लाई प्रशिक्षक गरेका थिए ।

अब को क्रम मा हेर्नुहोस आज को खेल का केहि तस्बिरहरु

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *