onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भोलि किर्तिपुर मा जोन्टी र पारस को टिम बिच मैत्रीपुर्ण च्यारिटी खेल हुँदै

मङ्सिर ७ , अनलाईन खेलखबर || क्रीकेट प्रशिक्षक का लागि नेपाल मा रहेका दक्षिण अफ्रिका का महान भेट्रान क्रीकेटर जोन्टी रोड्स नेपाल बसाई का क्रम मा नेपाली युवा खेलाडी हरु लाई प्रशिक्षक गरिरहेका छ्न ।

यसैबिच मा भोलि सनिवार जोन्टी ११ र रास्ट्रीय कप्तान पारस खडका ११ को ‘अस्टिमकेयर नेपाल सोसाइटी’ को लागि फन्ड रेजिङ च्यारिटी खेल हुनेछ ।

सनिवार अपराह्न त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा १२ बजेपछि काठमाडौ मा रहेका र्राष्ट्रिय र युवा खेलाडी सम्मलित दुई टोलि बिच मैत्रीपुर्ण म्याच हुन लागेको छ ।

उनि ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ अभियान अन्तरगत अहिले नेपालमा छन ।

उनले नेपाली यु -सिक्टिन र नाईन्टिन का युवा खेलाडी हरुलाई आफ्नो अनुभव , क्रीकेट खेल को शैली र सिप बाडदै आएका छ्न । उनि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा प्रशिक्षण गराईरहेका छ्न ।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा नोभेम्बर १२ सोमबार देखि नोबेम्बर २१ सम्म संचालन हुने हाई परफर्मेन्स क्याम्पको लागि उनी अघिल्लो आईतवार नेपाल आएका थिए ।

रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका छ्न । २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिंग कोच रहेका थिए भने श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन्। उनी खासगरि फिल्डिङ का लागि विश्व प्रख्यात छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *