onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपिएल खेल्ने सन्दिप भन्छन ”मेरो लागि ठूलो अनुभव प्राप्त गर्ने अबसर बन्ने छ यदि मौका पाएँ आफुले सत प्रतिशत दिनेछु । “

चैत्र ८ , अनलाईन खेलखबर || अप्रिल ७ देखि सुरु हुने ईन्डियन पृमियर लिग आईपिएल मा यो संस्करण मा नेपाल का लेग स्पिनर सन्दिप लामिछाने दिल्ली डेयरडेभिल्स बाट खेल्दैछन । बिहिवार काठमाडौ मा एक कार्यक्रम गरि टिम दिल्ली ले सन्दिप लाई १ नब्बर को जर्सि हस्तान्तरण गरेको छ ।

जर्सि प्राप्त गरिसकेपछी एपिवान टेलिभिजन को एक कार्यक्रम मा बोल्दै सन्दिप ले भनेका छ्न आईपिएल बाट मेरो लागि ठूलो अनुभव प्राप्त गर्ने अबसर बन्ने छ । र यदि मौका पाएँ आफुले सत प्रतिशत दिनेछु । यस्तै उनले थपेका छ्न देश मेरो लागि सबैभन्दा ठूलो हो । आईपिएल हाम्रोलागी ठूलो स्तर प्रतियोगिता भएको हुँदा त्यहा बाट धेरै कुरा हासिल गर्ने जनाए ।

यस्तै आईपिएल मा दिल्ली को अक्सन हुनु भन्दा पहिले नै दिल्ली ले उनलाई फलो गरिरहेको पनि खुलसा गरेका थिए । अक्सन हुनु पहिले उनले दिल्ली का लागि टराएल दिएको र त्यहाँ रहदा राम्रो भएको हुँदा उनलाई यो सिजन दिल्ली ले लिने मा सकारात्मक तथा बिस्वस्थ रहेको पनि जानकारि गराएका थिए । नेपाली क्रीकेट सघं कि पुर्ब सिईयो भावना घिमिरे र नेपाली पुर्ब खेलाडी आमिर अख्तर ले पनि यसमा सहयोग गरेको उल्लेख गरेका थिए ।

अक्सन भए पछि दिल्ली ले आफू लाई लिएको पहिलो पटक युएई मा रह्दा अभ्यास गरिरहेको बेला नेपाली क्रीकेट टिम का ब्यबस्थापन रमन सिवाकोटी ले पहिलो पटक दौडिदै आएर पहिलोपटक सुनाएको पनि उनले त्यो पल लाई सम्झिएका थिए ।

गत सोमबार मात्र आईसीसी बिश्वकप छ्नोट खेलेर नेपाल फर्किएका सन्दिप मङगलबार दिल्ली तर्फ जाने उनको कार्यक्रम तय भएको छ । आईपिएल मा दिल्ली सगँ सन्दिप २० लाख भारतिय रुपिए मा अनुबन्धित भएका छन यसका साथ साथै अर्को वेस्टइण्डिजमा हुने क्यारेबियन प्रिमियर लिगमा पनि छनौट उनी अनुबन्धित छन ।

प्रतिक्रिया दिनुहोस्