onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिप को टिम केरला को टि -टेन लिग मा पहिलो हार

मङ्सिर ६ , अनलाईन खेलखबर || बुधबार देखि युएई मा जारी टि – टेन लिग अन्तर्गत आज सिन्धिस र केरला नाइट्सले बिच को खेल मा सिन्धिस ९ बिकेट ले बिजयि भएको छ ।

शारजाह क्रीकेट एसोसिएसन ,रंगशाला मा भएको खेल मा ट्स हारेर सन्दिप को टिम केरला ले पहिले ब्याटिङ गरेको थियो । जसअनुरुप निर्धारित १० ओवर पुरै खेल्दै ७ बिकेट गुमाएर १ सय ३ रन बनाएको थियो । जसमा केरला का लागि वार्ने प्रनेल ले सर्बाधिक ५९ रन र सोहल तनबिर ले २३ रन बनाउनु बाहेक अन्य ले दोहोरी अंक जोडन नसकेपछी टिम मध्यम स्कोर मा रोकिएको थियो ।

बलिग तर्फ सिन्धिस का लागि प्रबिन ताम्बे ले सर्बाधिक ५ बिकेट लिएका थिए ।

यसपछि केरला ले दिएको १ सय ४ रनको बिजयि लक्ष्य सिन्धिस ले ७.४ ओवर मा १ बिकेट गुमाएर लक्ष्य भेटायो । सिन्धिस को जित मा सेन वाट्सन ५० रन मा अबिजित रहे २४ बलको सामना गरेका उनले ४ चौका र ४ छ्क्का समेत प्रहार गरे । यस्तै एनटोन देव्चिच ले ४९ रनको पारी खेलेका थिए । उनी सन्दिप को बल मा क्याच आउट हुन पुगे ।

२ ओभर बलिग गरेका नेपाल का सन्दिप ले १४ रन खर्चिएर १ बिकेट लिए ।जुन ईनिग को एक मात्र बिकेट थियो ।

जारी लिग मा सन्दिप को यो चौथो बिकेट हो । उनले पहिलो खेल मा पख्तुन विरुद्ध ३ बिकेट लिएका थिए ।

सन्दिप लाई टि-१० लिग मा अक्सन मार्फत केरला नाइट्सले ३० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।

केरला नाइट्स मा सन्दिप सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , टम कुरान , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग , दासुन शना जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता को यो दोस्रो संस्करण हो । प्रतियोगिता मा सन्दिप को टिम केरला सगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *