सन्दिप को सनसनीपुर्ण बलिग मा केरला द्रारा पख्तुन्स ८ बिकेट ले पराजित

सन्दिप को सनसनीपुर्ण बलिग मा केरला द्रारा पख्तुन्स ८ बिकेट ले पराजित

मङ्सिर ६ , अनलाईन खेलखबर || युएई मा बुधवार देखि जारी क्रीकेट को सबैभन्दा सानो फर्माट को लिग टि -१० मा सन्दीप लामिछाने को टिम केरला नाइट्सले बिजयी सुरुवात गरेको छ ।

बुधबार राति शारजाह क्रीकेट एसोसिएसन रंगशाला , शारजाह मा भएको प्रतियोगिता को दोस्रो तथा टिम को पहिलो खेल मा केरला पख्तुन्स लाई ८ बिकेट ले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पख्तुन ले निर्धारित १० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ९ रन बनाउदै १ सय १० रनको बिजयी लक्ष्य केरला सामु प्रस्तुत गरेको थियो । जसका लागि अन्द्रे फेट्चर ले ३२ ,क्यामेरोन डेलफट ले २८ रन र लिय्म दावसोन ले २५ रन बनाएका थिए ।

बलिग तर्फ केरला का लागि नेपाल का सन्दिप लामिछाने ले सनसनिपुर्ण बलिग गरे । उनले २ ओवर गर्दै १७ रन खर्चिएर महत्त्वपूर्ण ३ बिकेट हात पारे । सन्दिपले पहिलो इनिग को पाँचौ ओभर बलिङ्ग गर्दै उत्कृस्ट बलिङ्ग गरे। आफ्नो पहिलो ओभरमै सन्दिपले २ विकेट हात पार्दा आन्द्रे फ्लेचर र कोलिन इन्ग्राम जस्ता ठुला खेलाडीको विकेट लिए।

पहिलो ओवरमा नै सन्दिपले १० रन दिएर २ विकेट लिए। यस्तै सन्दिप ले सातौँ ओभरको चौथो बलमा मोहम्मद कलिमलाई खाता नखोली काइरन पोलार्डको हातबाट क्याच थमाउदै पेभेलियन फर्काएका थिए ।

पहिलो खेल मै सनसनिपुर्ण वलिग गरेका सन्दिप को हाल सबत्र चर्चा र प्रसंशा भईरहेको छ । खेल दौरान पनि खेलको कमेन्टेटर ले समेत सन्दिप को खुलेरै तारिफ गरेका थिए ।

यसपछि डिफेन्डिङ च्याम्पियन समेत रहेको केरला ले १ सय १० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्यो । केरला ले उक्त बिजयी लक्ष्य ७.५ ओवर भित्र मात्र २ बिकेट गुमाएर भेटायो । केरला लाई जिताउन कप्तान अबेन मोर्गन ले अबिजित रहदै सर्बाधिक ४६ रनको पारी खेले , यस्तै पाहुल स्टेलिङ को ४० रनको पारी पनि महत्त्वपूर्ण रहयो । यस्तै टिम का लागि कृश गेल ले १३ रन र किरण पोलाड ले ११ रन बनाए ।

बलिग तर्फ पख्तुन का लागि सोयव खान लिईम ले १/१ बिकेट हात पारे ।

खेलमा उत्कृष्ट प्रदशन गरेका सन्दिप खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

केरला ले अब प्रतियोगिता दोश्रो खेलमा आज बिहिबार राति साठे ७ बजेपछि शेन वाटसन कप्तानीको सिन्धिजको सामना गर्नेछ।

सन्दिप लाई टि-१० लिग मा अक्सन मार्फत केरला ले ३० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।

केरला किंग्स मा सन्दिप सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , टम कुरान , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग , दासुन शना जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता को यो दोस्रो संस्करण हो । प्रतियोगिता मा सन्दिप को टिम केरला सगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *