onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टि – १० लिग आज बाट सुरु हुँदै : सन्दिप को टिम केरला ले पख्तुन सगँ आज नै प्रतिस्पर्धा गर्ने

मङ्सिर ५ , अनलाईन खेलखबर |आधिकारिक रुपमा क्रीकेट को सबैभन्दा छोटो लिग टि -१० आज देखी युएई मा सुरु हुँदै छ ।

पहिलो संस्करण भब्यता का साथ सम्पन्न गरेको आयोजक ले दोस्रो संस्करण सम्म आईपुग्दा धेरै नै उत्साहित भएको छ । टि -ट्वान्टी ले लोकप्रियता गर्दै गर्दा टि -१० लिग पछिल्लो समय धेरै नै सफल नयाँ स्वाद क्रीकेट समर्थक लाई दिएको छ ।

आज नोभेम्बर २१ देखि सुरु भएको टि – १० लिग डिसेम्बर २ तारिख सम्म चल्ने छ । जहाँ ८ टोलि ले प्रतिस्पर्धा गर्दैछ्न ।

यस लिग मा नेपाल का ग्लोबल आईकन बनिसकेका सन्दिप लामिछाने पनि खेल्दैछ्न यसअर्थ मा नेपाल मा पनि ठूलो चासो का साथ हेरिएको छ ।

सन्दिप डिफेन्डिङ च्याम्पियन केरला नाइट्ससगँ ३० हजार डलर मा अनुबन्धित भएका छ्न

आज केरला ले पख्तुनसँग पहिलो खेल खेल्दै प्रतियोगिता को सुरुवात गर्दैछ ।खेल नेपाली समय अनुसार करिव राति साढे १० बजे पछि शुरु हुने छ । शारजाह क्रीकेट स्टेडियम मा हुने खेल को प्रत्यक्ष प्रशारण सोनि ईएसपिएन ले गर्नेछ ।

केरला किंग्स मा सन्दिप सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , टम कुरान , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग , दासुन शना जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गर्नेछ्न ।

LEAVE A RESPONSE

Your email address will not be published.