पाकिस्तान सुपर लिग मा सन्दिप को टिम लाहोर मा यस्ता छ्न खेलाडी
मङ्सिर ४ , अनलाईन खेलखबर || आउदो फेब्रुअरी १४ देखि मार्च १७ सम्म पाकिस्तान र युएई मा हुन गईरहेको बिश्वको दोस्रो चर्चित क्रीकेट लिग पाकिस्तान सुपर लिग का लागि सन्दिप लामिछाने छ्नोट भएका छ्न ।
पिएसएलमा आबद्ध भएसँगै सन्दीप धेरै विदेशी फ्रेन्चाइज लिगमा आवद्ध हुने खेलाडी बनेका छ्न ।सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भएपनि उनलाई कुनै पनि टिमले चासो देखाएको थिएन ।
पिएसएल मा को अक्सन मार्फत उनी लाहोर कलन्दरले टिम ले अनुबन्ध गरेको छ । गोल्ड क्याटगरिमा रहेका उनले अहिले हिसाब मा कत्तिमा पनि ५० हजार डलर प्राप्त गर्नेछ्न ।
सन्दिप सगैँ लाहोर मा साउद अफ़्रिका का भेट्रान खेलाडी एबी डि भिलियर्स , न्युजिल्यान्ड का कोरे एन्डरसन , बेस्ट ईन्डिज का कार्लोस ब्रेथवेट , र पाकिस्तान का फखर जमान , मोहम्मद हफिज , यासिर खान जस्ता चर्चित महान खेलाडी रहेका छ्न । यस्तै टिम मा एन्टोन , राहत अलि , साहिन अफ़्रिदि , अधा सलमान , सोहल अख्तर , हसन खान जस्ता खेलाडी हरु रहेका छ्न ।
सन्दिप लामिछाने युएई मा रहेका छ्न भोलि बुधवार देखि युएई मा हुनगईरहेको टि -१० को दोस्रो सस्करण मा सहभागिता जनाउदै छ्न ।
यसअघि सन्दिप लामिछाने पुन ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा दिल्ली डेयरडेभिल्स मा यथावत रहेका छ्न । यसअघि को आईपिएल को सस्करण मा दिल्लि बाट २० लाख भारतिय रुपिए मा अनुबन्धित भएपछि उनले आईपिएल मा धेरै नै राम्रो प्रदशन गरेपछी अहिले सन्दिप को ब्यस्तता बढेको छ ।
आईपिएल मा उत्कृष्ट खेल प्रस्तुत गरेपछी सन्दिप क्रमश क्रीकेट का सबै ठुला लिग मा अनुबन्धित भएका छन । र केही मा आफ्नो जलवा पनि देखाई सकेका छ्न । उनी अहिले बिश्वको नजर मा आफु लाई उभाउन सफल भईसकेपछि उनको प्रदशन पनि एक पछि अर्को राम्रो हुँदै गएको पनि छ ।
सन्दिप पिएसएल मा छ्नोट भए सगै क्रीकेट का सबै ठुला र चर्चित लिग मा खेल्ने खेलाडी समेत बनेका छ्न । उनि ईन्डियन प्रिमियर लिग ( आईपिएल ) , क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) , क्यानडा मा भएको ग्लोबल टि -ट्वान्टी , अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) मा खेलीसकेका छ्न ।
यस्तै भोलि बाट युएई मा हुने टि -१० मा सहभागी जनाउदै छ्न , यस्तै उनी बङलादेश प्रिमियर लिग ( बिपिएल ) र अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ मा अनुबन्धित भई सकेका छ्न ।
सन्दिप को जीवन लाई यो स्तर मा सफल बनाउन अघिल्लो सिजन मा दिल्लि बाट खेलेका ३ खेल लाई महत्त्वपूर्ण भुमिका निर्बाह गरेको हामी ले मान्नु पर्छ , प्रतिभालाई देखाउने अबसर दिलाउने दिल्ली लाई आफै मा प्रशन्साको पात्र हो ।
अघिल्लो सस्करण आफ्नो टिम दिल्ली का अन्तिम ३ खेल बैङ्लोर , चेन्नई र मुम्बई सगँ खेल्ने अबसर प्राप्त गरेका उनले ३ खेल बाट उत्कृष्ट बलिग गर्दै आफुलाई र सिग्गो देश को नाम बिश्व क्रीकेट जगत मा चिनाउन सफल मात्र भएनन आफू लाई उत्कृष्ट साबित समेत गरेका थिए ।
सन्दिप ले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बैङ्लोर विरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट बलिग गर्दा उनलाई दिल्ली ले बाकी का खेल मा निरंतरता दिएको थियो । बैङ्लोर विरुद्ध डेब्यु खेल मै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।यस्तै आफ्नो दोस्रो खेल मा चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेका थिए ।
सन्दिप लाई दिल्ली ले सुरुवात का खेल हरु मा भने बेन्च मै राखेको थियो जब दिल्ली प्ले अफ को दौड बाट बाहिरियो । यसपछि सन्दिप लाई टिमले बिश्वास गरेको थियो । र सन्दिप ले बिश्वास लाई सार्थक दिन सफल भएका थिए ।
डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहने छ ।