पाकिस्तान सुपर लिग मा सन्दिप लामिछाने छ्नोट
मङ्सिर ४ , अनलाईन खेलखबर || नेपाल का सन्दिप लामिछाने आउदो फेब्रुअरी १४ देखि मार्च १७ सम्म पाकिस्तान र युएई मा हुन गईरहेको बिश्वको दोस्रो चर्चित पाकिस्तान सुपर लिग का लागि छ्नोट भएका छ्न ।
पाकिस्तान को ईस्लामाबाद मा जारी अक्सन मा उनलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको छ । गोल्ड क्याटगरिमा रहेका उनले कत्तिमा पनि ५० हजार डलर प्राप्त गर्नेछ्न ।
सन्दिप लामिछाने युएई मा रहेका छ्न भोलि बुधवार देखि युएई मा हुनगईरहेको टि -१० को दोस्रो सस्करण मा सहभागिता जनाउदै छ्न ।
यसअघि सन्दिप लामिछाने पुन ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा दिल्ली डेयरडेभिल्स मा यथावत रहेका छ्न । यसअघि को आईपिएल को सस्करण मा दिल्लि बाट २० लाख भारतिय रुपिए मा अनुबन्धित भएपछि उनले आईपिएल मा धेरै नै राम्रो प्रदशन गरेपछी अहिले सन्दिप को ब्यस्तता बढेको छ ।
आईपिएल मा उत्कृष्ट खेल प्रस्तुत गरेपछी सन्दिप क्रमश क्रीकेट का सबै ठुला लिग मा अनुबन्धित भएका छन । र केही मा आफ्नो जलवा पनि देखाई सकेका छ्न । उनी अहिले बिश्वको नजर मा आफु लाई उभाउन सफल भईसकेपछि उनको प्रदशन पनि एक पछि अर्को राम्रो हुँदै गएको पनि छ ।
डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहने छ ।