पाकिस्तान सुपर लिग को अक्सन सुरु : नेपाल का सोमपाल र सन्दिप को सम्भावना यस्तो छ

पाकिस्तान सुपर लिग को अक्सन सुरु : नेपाल का सोमपाल र सन्दिप को सम्भावना यस्तो छ

मङ्सिर ४ , अनलाईन खेलखबर || आउदो फेब्रुअरी १४ देखि मार्च १७ सम्म पाकिस्तान र युएई मा हुन गईरहेको बिश्वको दोस्रो चर्चित पाकिस्तान सुपर लिग को खेलाडी छ्नोट अक्सन अहिले पाकिस्तान स्थित ईस्लामाबाद मा जारी रहेको छ ।

यसपटक को सस्करण मा नेपाल का दुई क्रीकेटर हरु को नाम ड्राफ्ट मा रहेको हुँदा अहिले नेपाली समर्थक हरुको ध्यान पाकिस्तान तर्फ गएको छ ।

नेपाल का ग्लोवल आईकन बनिसकेका सन्दिप लामिछाने र अर्का तिब्र गति का बलर सोमपाल कामि अक्सन का लागि छ्नोट भएका छ्न ।

यदि आज कुनै टिम ले यी दुई खेलाडी लाई लियो भने नेपाल मा खुशियाली अबस्य छाउने छ । अहिले सन्दिप लामिछाने युएई मा रहेका छ्न भोलि बुधवार देखि युएई मा हुनगईरहेको टि -१० को दोस्रो सस्करण मा सहभागिता जनाउदै छ्न ।

यसअघि सन्दिप लामिछाने पुन ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा दिल्ली डेयरडेभिल्स मा यथावत रहेका छ्न । यसअघि को आईपिएल को सस्करण मा दिल्लि बाट २० लाख भारतिय रुपिए मा अनुबन्धित भएपछि उनले आईपिएल मा धेरै नै राम्रो प्रदशन गरेपछी अहिले सन्दिप को ब्यस्तता बढेको छ ।

आईपिएल मा उत्कृष्ट खेल प्रस्तुत गरेपछी सन्दिप क्रमश क्रीकेट का सबै ठुला लिग मा अनुबन्धित भएका छन । र केही मा आफ्नो जलवा पनि देखाई सकेका छ्न । उनी अहिले बिश्वको नजर मा आफु लाई उभाउन सफल भईसकेपछि उनको प्रदशन पनि एक पछि अर्को राम्रो हुँदै गएको पनि छ ।

यसअर्थ मा सन्दिप् लाई पाकिस्तान सुपर लिग मा पनि कुनै टिम ले पक्कै लिने मा सम्भावना प्रबल छ भने उता सोमपाल कामी को भने सम्भावना केही कमजोर पक्कै छ तर यदि उनलाई कुनै टिमले लिएमा एक बर्ष अघि आईपिएल मा सन्दिप छानिएको जस्तै माहोल बन्ने छ र नेपाल बाट बिदेशी लिग खेल्ने उनी नेपाली दोस्रो खेलाडी समेत बन्ने छ्न ।

अक्सन का लागि तीव्र गतिका बलर सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । लेग स्पिनर सन्दीप लामिछाने गोल्ड क्याटगरिमा रहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *