onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिपिएल को खेल तालिका सार्बजनिक : उदंघाटन खेल मा टिम चौराहा धनगढि र काठमाडौ भिड्ने

चैत्र ७ , अनलाईन खेलखबर || नेपाली क्रीकेट ईतिहास मा हाल सम्म कै सर्बाधिक ठूलो पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग (डिपिएल) को खेल तालिका आज सार्वजनिक गरिएको छ ।
फोटो फाईल

सार्बजनिक तालिका अनुसार उदघाटन खेल चैत्र १७ गते टिम चौराहा धनगढी र काठमाडौ गोल्डेन बिच हुने छ । करिव १३ दिन सम्म चल्ने उक्त प्रतियोगिता मा ६ टिम को सहभागिता रहने छ जसमा कुल १५ खेल समाबेश गरिएको छ । भने फाईनल खेल चैत्र ३० गते हुनेछ ।

प्रतियोगिता को नियम अनुसार शीर्ष दुई टिम क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथोबीच एलिमिनेटर हुनेछ। र एलिमिनेटर मा बिजयी टोलि ले पहिलो क्वालिफायर को पराजित टिम सगँ दोस्रो क्वालिफायर खेल्नु पर्नेछ ।

प्रतियोगितामा कुल ६ टिम काठमाडौ गोल्डेन्स , बिराटनगर किंग्स , महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्स को सहभागिता रहने छ ।


प्रतियोगिता मा खेलाडी हरु को छनोट अक्सन मार्फत भैसकेको छ , भने रणनितिक खेलाडी र स्थानिय टयालेन्ट हन्ट मार्फत सुदुरपस्मिमान्चल को स्थानिय एक खेलाडी लाई प्रत्येक टिम ले राखिसकेका छ्न भने अब मात्र डिपिएल को प्राबधान अनुरुप २ बिदेशी खेलाडी राख्न पाउने हुदा बिदेशी खेलाडी मात्र टिम ले अनुबन्धित गर्न बाकी छ । जसको प्रक्रिया चलिरहेको छ । यस अगि नै आईसीसी ले समेत प्रतियोगिता लाई मान्यता दिईसकेको हुँदा बिदेशी खेलाडी ल्याउन बाटो खुलेको छ ।

डिपिएल को दोस्रो संस्करण मा सहभागी ६ टिम का रणनितिक खेलाडी मा पारस खड्का बिराटनगर किंग्स , यस्तै काठमाडौ गोल्डेन्स का मा ज्ञानेन्द्र मल्ल , महेन्द्रनगर युनाईटेड मा बिनोद भन्डारी , टिम चौराहा धनगढि मा सोमपाल कामी , सिवाईसि अत्तेरिया मा दिपेन्द्र सिँह एरि र शक्ति गौचन रुपन्देही च्यालेन्जर्स का रणनितिक खेलाडी यस अगि नै छनोट भएका थिए ।

यता प्रतियोगिता प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। जुन नेपाली क्रीकेट ईतिहास कै हाल सम्मै कै सबैभन्दा पुरस्कार राशी हो ।

खेल तालिका :

प्रतिक्रिया दिनुहोस्