एभरेष्ट प्रिमियर लिग को खेल तालिका सार्बजनिक : उद्घाटन खेल मा बिराटनगर र ललितपुर ले प्रतिस्पर्धा गर्ने
मङ्सिर ३ , अनलाईन खेलखबर || यहि आउदो मङ्सिर २२ देखि पुस ७ गते सम्म काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुन गईरहेको नेपाल को घरेलु क्रीकेट को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग को खेल तालिका आज सार्बजनिक गरिएको छ ।
आज सोमबार आयोजक ले एक प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगिता खेल तालिका सार्बजनिक गरेको हो । सार्बजनिक खेल तालिका अनुसार प्रतियोगिता को उद्घाटन खेल मा बिराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स भिड्ने छ्न । खेल दिउँसो १ बजे पछि हुनेछ यसअघि उद्घाट्न सत्र भब्य रुपमा हुने आयोजक ले जानकारी गराएको छ ।
केही दिन अघि ईपिएल लाई अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) ले समेत मान्यता दिई सकेको छ । जसका लागि आयोजक ले आईसीसीलाई कुल २७ लाख ५० हजार नेपाली रुपैयाँ र प्रतियोगिता सम्बन्धित कागजात बुझाएको थियो । आईसीसी को नियम अनुसार क्रीकेट सघ निलम्बित भएको अबस्थामा यो स्तर को घरेलु प्रतियोगिता गर्न आईसीसी सगँ मान्यता लिनु पर्ने हुन्छ । आईसीसी लाई अहिले बुझाईएको रकम पछि नेपाली क्रीकेट को बिकाश मा आईसीसी ले खर्च गर्नेछ ।
प्रतियोगिता ले आईसीसी को मान्यता पाए सगैँ बिदेशी खेलाडी ले प्रतियोगिता मा खेल्न बाटो खुलेको छ । अब क्रमश टिमहरु ले बिदेशी खेलाडी हरु लाई टिम मा अनुबन्धित गर्नेछ । केही टिम ले त अनुवन्धित गरिसकेको अवस्था छ ।
यस अघि का दुई संस्करण सफलता का साथ सम्पन्न गरेको आयोजक एभरेष्ट प्रिमियर लिग प्राली ले यसपटक तेस्रो संस्करण लिएर आएको हो ।
अघिल्लो महिना प्रतियोगिता को मिति घोषणा गर्ने कार्यक्रम को क्रम अन्तर्गत काठमाडौं मा पत्रकार सम्मेलन गरि आयोजक ले यसपालि लिग मा अझ व्यापक आकर्षक कुराहरु रहेको समेत खुलसा गरेको थियो ।
अब आईसीसी ले समेत मान्यता दिएको यस प्रतियोगिता पछिल्लो समय निकै लोकप्रियता को शिखर चडदै छ ।
एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा विभिन्न ६ टिम को सहभागिता रहने गर्छ । जसमा बिराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ रहेका छन् ।
प्रतियोगिता को पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोली का मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरण कप्तानी रहेको पन्चकन्या तेजले जितेको थियो । भने दोश्रो संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ले कप्तानी गरेको बिराटनगर वारियर्सले उपाधी उचालेको थियो । पहिको संस्करण बाहेक दोस्रो संस्करण बाट एभरेष्ट प्रिमियर लिग ले आईसीसी को मान्यता पाएको छ । ईपिएल आईसीसी को मान्यता पाउने पहिलो घरेलु क्रीकेट प्रतियोगिता पनि हो ।