
टि -१० लिग खेल्न सन्दिप युएई तर्फ प्रस्थान
मङ्सिर २ ,अनलाईन खेलखबर || नेपाली युवा क्रीकेट खेलाडी सन्दिप लामिछाने यहि आउदो नोभेम्बर २१ देखि डिसेम्बर २ तारिख सम्म युएई मा हुन गईरहेको टि – १० लिग खेल्न अहिले युएई तर्फ प्रस्थान गरेका छ्न ।
उनी अहिले इतिहाद एयरलाइन्स बाट युएई जादैछ्न । पहिलो संस्करण सफलता का साथ आयोजना भएको यस प्रतियोगिता आफै मा टि – १० अर्थात १० ओवर को खेल जुन आधिकारिक रुपमा नयाँ र पहिलो अबधारणा हो ।
सन्दिप खेल्ने केरला किंग्स जुन डिफेन्डिङ च्याम्पियन समेत हो । सन्दिप लाई ३० हजार डलर मा केरला ले अनुबन्धित गरेको थियो । उनी सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , टम कुरान , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग , दासुन शना जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गर्नेछ्न ।
पहिलो संस्करण मा ६ टिम खेलाईएको भएपनी यसपटक बाट कुल ८ टिम सहभागी जनाउने छ्न । प्रतियोगिता का लागि केरला किग्स सहित पन्जावि लेजेन्डस , मराठा अरबियन्स, पाख्तुन्स, कराचि यन्स, बङ्गाल टाइगर्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।
केरला किंग्सको आइकन मोर्गन रहेका छ्न । भने पख्तुन्सको शहिद अफ्रिदी , मराठाको राशिद खान, पन्जाबीको शोयब मलिक , कराचियन्सको शेन वाटसनले, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम आईकन रहेका छ्न ।
दिल्ली बाट पहिलो पटक बिश्वको सबैभन्दा ठूलो लिग ईन्डियन प्रिमियर लिग खेलेका सन्दिप ले यसपछि भने क्रमश विभिन्न देशका अन्य लिग हरु खेल्ने क्रम रोकिएको छैन ।
भखरै उनि पुन यसपटक को आईपिएल सिजन का लागि दिल्ली डेयरडेभिल्सले उनलाई टिम मा यथावत नै राखेको छ ।
आईपिएल मा आफ्नो उत्कृष्ट प्रदशन गरेपछि बिश्वको ध्यान सन्दिप मै गएको छ ।यसपछि उनी क्रमश विभिन्न लिग मा अनुबन्धित हुने क्रम जारी छ । आईपिएल पछि उनी क्यारेबियन प्रिमियर लिग( सिपिएल ) क्यानडा मा भएको ग्लोबल टि-२० लिग , अफगानिस्तान प्रिमियर लिग पनि खेले यस्तै अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ लगायत का लिग हरु मा समेत उनि अनुबन्धित भईसकेका छ्न ।