पाँच पोखरी क्रिकेट क्लबले उचाल्यो जितबहादुर खडका स्मृति पाँचपोखरी सुपर आठ क्रिकेट प्रतियोगिता को उपाधी

पाँच पोखरी क्रिकेट क्लबले उचाल्यो जितबहादुर खडका स्मृति पाँचपोखरी सुपर आठ क्रिकेट प्रतियोगिता को उपाधी

मङ्सिर २ ,अनलाईन खेलखबर || सिन्धुपाल्चोक जिल्ला मा भएको जिल्ला स्तरिय जितबहादुर खडका स्मृति पाँचपोखरी सुपर एट क्रिकेट प्रतियोगिता को उपाधी आयोजक पाँचपोखरी क्रिकेट क्लबले उचालेको छ ।

फोटो सौजन्य : क्रीकेट हिमालय

प्रतियोगिता को फाइनल खेलमा आज क्रीकेट क्लव बार्हबिसेलाई ५ विकेटले पराजित गर्दै पाचपोखरी क्रीकेट क्लव च्याम्पियन बनेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बार्हबिसे ले ५ ओवर भित्र आफ्ना सबै बिकेट गुमाएर मात्र ३६ रन बनाउन सफल भएको थियो । बार्हबिसे का लागी राकेस श्रेष्ठले सर्बाधिक १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख योगदान गर्न नसकेपछि टिम सस्तै मा समिटिएको थियो ।

बार्हबिसे लाई कम स्कोर मै रोक्न पाँचपोखरि का बिजय धितालले महत्त्वपूर्ण ३ विकेट लिएका थिए । यस्तै अजय देउजा , राजु धिताल र महेस धिताल ले समान १/१ विकेट लिन सफल भए ।

यसपछि ३७ रनको झिनो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको च्याम्पियन पाँचपोखरी ले सहज जित निकाल्यो । टिम लाई उपाधी दिलाउन राजु धिताल ले १३, राजन धिताल ले ८, र महेस देउजाको ६ रनको योगदान गरेका थिए ।

खेलको म्यान अफ दि म्याच पाँचपोखरी क्रिकेट क्लबका बिजय धिताल घोषित भए ।

प्रतियोगिता को उपाधी उचालेको पाँचपोखरी क्रिकेट क्लबले नगद रु ५० हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र प्राप्त गर्यो । भने उप बिजेता क्रिकेट क्लब बार्हबिसेले नगद रु ३० हजार, ट्रफी, प्रमाणपत्र र मेडल मा चित्त बुझायो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान भोटाङ छ्वलिङ क्रिकेट क्लबका रमेस तामाङ भए उनले प्रतियोगिता भर १ सय ४२ रन बनाएका थिए । यस्तै उत्कृष्ट बलर प्रतियोगिता भर १० बिकेट लिईका पाँचपोखरी क्रिकेट क्लबका अजय धिताल घोषित भए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी पाचपोखरी क्रिकेट क्लबका बिजय धिताल घोषित भए भने इमर्जिङ प्लयेर थाङपालधाप क्रिकेट क्लबका सार्थक धिताल भए । रमेस तामाङ, अजय धिताल, बिजय धितालले वाइ वाइ जि एच सि ए, काठमाडौमा १ बर्ष निशुल्क क्रीकेट तालिम को सुबिधा प्राप्त गर्नेछन भने सार्थक धितालले नेक्सस क्रिकेट एकेडमी, दिल्लिमा निसुल्क १ बर्ष तालिमको सुबिधा प्राप्त गर्नेछन ।

पाँचपोखरी क्रिकेट क्लब, सिन्धुपाल्चोक को आयोजना तथा पाँचपोखरी थाङपाल गाउपालिका को सहयोगमा यो प्रतियोगिता भएको थियो । जहाँ ९ स्थानिय टोली को सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *