प्रतियोगिता भएको १० महिना पछि बिजेता टोलि लाई पुरस्कार बितरण

प्रतियोगिता भएको १० महिना पछि बिजेता टोलि लाई पुरस्कार बितरण

चैत्र ६ , अनलाईन खेलखबर || बिसं २०७४ जेठ २५ गते का दिन प्रथम प्रधानमन्त्री पिएम कप को बिजेता दुई बिभागिय क्लब नेपाल आर्मी र नेपाल पुलिश ले सयुक्त रुप मा बिजेता भएका थिए । वर्षाले फाइनल खेल रद्ध भएपछि प्रथम प्रधानमन्त्री (पिएम)कप क्रिकेटको उपाधि दुई विभागीय क्लब ले सयुक्त रुपमा बाढेका थिए ।

जेठ २५ गते का दिन समापन भएको प्रतियोगिता को पुरस्कार बल्ल १० महिना पछि बिजेता टिम ले पाएका छ्न । र्राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले आज करिब १० महिना पछि बिजेताको २० लाख र उप बिजेताको १० लाख पुरस्कार बितरण आज गरेको छ । नेपाल आर्मी र नेपाल पुलिश आर्मी सयुक्त बिजेता भएको हुदा बिजेता र उप – बिजेता को पुरस्कार राशी लाई एकै ठाउँ मिलाएर आधा आधा हुने गरि पुरस्कार बितरण गरिएको हो र ब्यक्तिगत बिधा का खेलाडी लाई पनि दिईएको छ ।

सम्झिदां पिएम कप फाईनल ।

वर्षाले फाइनल खेल रद्ध भए पछि प्रथम प्रधानमन्त्री (पिएम)कप क्रिकेटको उपाधि दुई विभागीय क्लब नेपाल आर्मी र नेपाल पुलिसले बाँडेका थिए । प्रतियोगिता को फाईनल खेल जेठ २५ गते बिहिबार का दिन थियो । कीर्तिपुरस्थित टियू मैदानमा आर्मीले जवाफी ब्याटिङ सुरु गरेको तेस्रो ओभरमै पानी पर्न सुरु भएपछि खेल रोकिएको थियो। त्यसपछि खेल पुर्ण रुपमा प्रभावित बन्न पुगेको थियो र खेल पुन सुरु सकेको थिएन ।

त्यसैले नेपाली क्रिकेटको इतिहासमै त्यति बेला सर्वाधिक नगद पुरस्कार राशी रहेको पिएम कप वान डे क्रिकेटमा दुई टीम संयुक्त रुपमा च्याम्पियन बनेका हुन्। च्याम्पियनलाई नगद २० लाख र उपविजेतालाई १० लाख दिने भनिएको थियो। सयुक्त बिजेता बनेको हुदा विजेता र उपविजेताको रकम दुवै टोलीले बाँडेर लिने भनिएको थियो ।

फाइनल खेलमा आर्मीले टस जितेर फिल्डिङ रोज्लै पुलिसलाई ब्याटिङको निम्तो दिएको थियो। कप्तान विनोद भण्डारी उक्त निर्णयलाई सही सावित गर्दै आर्मीका बलरले पुलिसको टिमलाई ४५.१ ओभरमा १२६ रनमै अलआउट गर्यो। तर बलरले जस्तै ब्याट्सम्यानले खेल्न नपाउँदा आर्मी सामान्य लक्ष्य पाएर पनि च्याम्पियन बन्नबाट बञ्चित रहेको थियो ।

पुलिसका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३२ तथा सिद्धान्त लोहनीले २० रन बनाए। पुलिसलाई कम स्कोरमा रोक्न आर्मीका जितेन्द्र मुखियाले ४, सुशन भारीले ३, सागर पुनले २ तथा सोमपाल कामीले १ विकेट लिए। १२८ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २.३ ओभर बलिङ गर्दै १ विकेट गुमाएर ७ रन बनाउँदा पानी पर्न सुरु गरेको थियो ।

यता आर्मीका अलराउण्डर सागर पुन म्यान अफ दी सिरिज घोषित भएका थिए । पुनले नगद १ लाख र ट्रफी हात पारेका थिए ।
यस्तै आर्मीकै सुशन भारी उत्कृष्ट बलर तथा पश्चिमाञ्चलका शौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए दुवैले ५०-५० हजार र ट्रफि प्राप्त गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको पिएम कपकमा तीन विभागीय क्लब र पाँच क्षेत्रिय टोलीसहित ८ टिमले सहभागिता जनाएका थिए। यसरी १० महिना अगि भएको प्रतियोगिता को पुरस्कार बल्ल बिजेता टिम ले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *