onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली टोलि लाई विमानस्थल मा भब्य स्वागत , पारस भन्छ्न ” अबको हाम्रो लक्ष्य अर्को बिश्वकप र टेस्ट मान्यता “

चैत्र ५ , अनलाईन खेलखबर || जिम्बाबे मा भएको एकदिवसीय बिश्वकप छ्नोट प्रतियोगिता मा सहभागी भएर नेपाली क्रीकेट टोलि आज स्वदेश फर्किएको छ । नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक टिम लाई एकदिवसीय मान्यता दिलाउँन सफल नेपाली टोलि लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भब्य रुपमा स्वागत गरिएको थियो । एतिहासिक उपलब्धि हासिल गरेको नेपाली टोलि लाई हौसला प्रदान तथा स्वागत गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट बिमानस्थल पुगेका थिए ।

यस्तै विमानस्थल मा हजारौं क्रीकेट समर्थक तथा क्रीकेट सरोकारवाला र आफन्त हरु को उपस्थित रहेको थियो । बिमानस्थल मा नेपाली टिमका कप्तान पारश खड्का ले मिडिया सगँ सम्क्षिप्त बोल्ने क्रम मा “नेपाल को यो उपलब्धि अहिले सम्मको सबैभन्दा ठूलो सफलता हो भन्दै अब आउने समय मा नेपाल ले यो स्तर लाई मेन्टेन गर्न आजै बाट लाग्नु पर्ने बताए यस्तै अबको नेपाल को लक्ष्य भनेको अर्को बिश्वकप र ८ देखि १२ बर्ष भित्र मा टेस्ट मान्यता पाउँन अहिले बाटै लाग्नु पर्ने बताए ।” र घरेलु संरचना को र खेलाडी को बिकाश मा जोड दिन समेत आग्रह गरेका थिए ।
फोटो सौजन्य : नेपाल लाईभ

हिजो राती जिम्बाबे को राजधानि हरारे बाट युएई मा टार्न्जिट हुँदै नेपाली टोलि आज साझ मात्र स्वदेश फर्किएको हो । नेपाली टोलि लाई स्वागत गर्न बिमानस्थल पुगेका हजारौं क्रीकेट समर्थक हरु ले “टुढिखेल मा खेलेर वल्डकप खेल्न सकिन्न ” , क्यानको बिबाद चाडै समाधान गर , भौतिक पुर्बाधार बिस्तार गर “, ” एकदिवसीय पाईयो स्टेडियम चाईयो “” जस्ता नारा लगाई बिमानस्थल मा आजाव ले बुलन्द गरेका थिए ।

प्रतियोगिता खेल्न अगि नेपाल ले लक्ष्य सुपर सिक्स मा प्रबेश गर्दै सिदै ४ बर्ष का लागि एकदिवसीय मान्यता पाउने थियो तर नेपाल सुपर सिक्स प्रबेश गरि एकदिवसीय मान्यता पाउँन त सकेन , तर जुन सपना बोकेर प्रतियोगिता खेल्न गएको थियो त्यो भने प्ले अफ हुँदै पूरा भएको छ । जुन सपना नेपाली टोलि ले बर्षौ देखि देख्दै आएका थिए जुन सपना यस प्रतियोगिता ले बिपना मा परिणत गर्देको छ ।

कुल १० टिम सम्मलित प्रतियोगिता मा नेपाल ले आठौं स्थान प्राप्त गरेको थियो । नेपाल ले समुह चरण मा १ खेल जितेको थियो जुन हङकङ विरुद्ध थियो भने एकदिवसीय मान्यता पाउने महत्त्वपूर्ण खेल मा पपुवा न्युगिनी लाई पनि पराजित गरेको थियो भने नेपाल अफगानिस्तान , जिम्बाबे , स्कटल्याण्ड र सातौ स्थान का लागि भएको प्ले अफ मा नेदरल्यान्ड सगँ पराजित भएको थियो ।
प्रतियोगिता मा औसत प्रदंशन गरेपनी भाग्यमानी टिम बन्दै आबस्यक २ खेल मा जित निकाल्दै नेपाल ले एकदिवसीय मान्यता प्राप्त गरेको छ , जुन नेपाली क्रीकेट को सबैभन्दा ठूलो उपलब्धि हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *