सन्दिप ले यसपटक पनि दिल्ली बाट ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेल्ने पक्का

सन्दिप ले यसपटक पनि दिल्ली बाट ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेल्ने पक्का

कार्तिक २९ , अनलाईन खेलखबर || क्रीकेट जगत को सबैभन्दा ठूलो तथा चर्चित लिग ईन्डियन प्रिमियर लिग ( आईपिएल ) नजिकिदै गर्दा यसका चहलपहल सुरु भईसकेको छ ।

यसै बिच मा नेपाल का स्टार युवा क्रीकेट खेलाडी सन्दिप लामिछाने लाई दिल्ली डेयरडेभिल्स ले यसपटक पनि यथावत राखेको छ ।

पछिल्लो संस्करण मा २० लाख भारु मा अनुबन्धित गरेको दिल्लि ले यसपटक अक्सन अगाडि नै रिटेन मा सन्दिप लाई राखेको हो ।

दिल्लीमा नै रिटेन भएपछि सन्दिपले कति पैसा पाउने भन्ने कुरा अहिले नै खुलाइएको छैन। यस्तो मा टिम व्यवस्थापन र खेलाडीको आपसी सहमतिमा पैसा निर्धारण गर्ने गरिन्छ।

अघिल्लो सस्करण आफ्नो टिम दिल्ली का अन्तिम ३ खेल बैङ्लोर , चेन्नई र मुम्बई सगँ खेल्ने अबसर प्राप्त गरेका उनले ३ खेल बाट उत्कृष्ट बलिग गर्दै आफुलाई र सिग्गो देश को नाम बिश्व क्रीकेट जगत मा चिनाउन सफल मात्र भएनन आफू लाई उत्कृष्ट साबित समेत गरेका थिए ।

सन्दिप ले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बैङ्लोर विरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट बलिग गर्दा उनलाई दिल्ली ले बाकी का खेल मा निरंतरता दिएको थियो ।

बैङ्लोर विरुद्ध डेब्यु खेल मै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।
यस्तै आफ्नो दोस्रो खेल मा चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेका थिए ।

सन्दिप लाई दिल्ली ले सुरुवात का खेल हरु मा भने बेन्च मै राखेको थियो जब दिल्ली प्ले अफ को दौड बाट बाहिरियो । यसपछि सन्दिप लाई टिमले बिश्वास गरेको थियो । र सन्दिप ले बिश्वास लाई सार्थक दिन सफल भएका थिए ।

यसपछि आईपिएल मा आफ्नो उत्कृष्ट प्रदशन गरेपछि बिश्वको ध्यान सन्दिप मै गएको छ ।यसपछि उनी क्रमश विभिन्न लिग मा अनुबन्धित हुने क्रम जारी छ । आईपिएल पछि उनी क्यारेबियन प्रिमियर लिग( सिपिएल ) क्यानडा मा भएको ग्लोबल टि-२० लिग , अफगानिस्तान प्रिमियर लिग पनि खेले यस्तै टि – १० लिग ,अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ लगायत का लिग हरु मा समेत उनि अनुबन्धित भईसकेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *