जिल्ला क्रिकेट संघ पर्वत गठन : अध्यक्षमा रेशम बहादुर केसी निर्बिरोध चयन

जिल्ला क्रिकेट संघ पर्वत गठन : अध्यक्षमा रेशम बहादुर केसी निर्बिरोध चयन

कार्तिक २९ ,सन्जिव पुरी(अनलाईन खेलखबर ) ||जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशम बहादुर केसी निर्बिरोध चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कात्तिक ४ गते बसेको बिशेष भेलाले केसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दीपेन्द्र शर्मा लामिछाने, कोषाध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् । भने सदस्यहरुमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल रहेका छन् । त्यस्तै समितिको बिशेष सल्लाहकारमा शिव शर्मा बास्तोला र मोहन आचार्य रहेका छन् ।

अध्यक्षमा निर्विरोध चयन भएपछि अनलाईन खेलखबर सगँ छोटो कुराकानी गर्ने क्रममा संघका अध्यक्ष रेशम बहादुर केसीले आगामी दिनमा पर्वतको क्रिकेट विकासका लागि महत्वपूर्ण कार्य गर्ने उद्देश्यका साथ संघ गठन गरिएको बताए ।

संघका अध्यक्ष रेशम बहादुर केसी

‘पछिल्लो समय क्रिकेटले बिस्तारै स्थान पाउँदै गएको छ’, उनले भने, ‘गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन सम्बन्धित निकाय लागि पर्दा हाम्रो पनि दायित्वबोध होस् भन्ने बुझेर संगठित भएका हौं ’ उनले थपे ।

उनले पर्वतमा क्रिकेट मैदानको अभावका कारण पनि ड्युज बल खेल्ने खेलाडी अत्याधिक मात्रामा भएको उल्लेख गर्दै स्तरिय खेलाडी रुपमा विकास गर्नका लागि संघको बिशेष पहलकदमी रहने केसीले बताए ।

उनले विगतमा धेरै क्रिकेट प्रतियोगिताहरु आयोजना गरेको उल्लेख गर्दै गत हप्ता अन्ड्रर नाईन्टिन धवलागिरी कप सम्पन्न गरेको समेत बताएका थिए ।

केसीका अनुसार गत सोमबार जिल्ला खेलकुद विकास समिति पर्वतमा क्रिकेट संघ दर्ता समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *