onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नगद सहित क्रीकेटर ललित भन्डारी कंचनपुर मा सम्मानित

कार्तिक २९ ,अनलाईन खेलखबर |कंचनपुर जिल्ला स्थित शुक्लाफाँटा नगरपालिका ले नेपाली र्राष्ट्रिय क्रीकेट खेलाडी ललित भन्डारी लाई १ लाख १ हजार १ सय ११ नगद सहित प्रमाणपत्र ले सम्मानित गरेको छ ।

बुधबार शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको माध्यमबाट नगरपालिकाको नाम उच्च राख्न सफल भएको भन्दै ललित लाई सम्मानित गरेका हुन ।

फोटो सौजन्य : रासस

सम्मान कार्यक्रम मा बोल्दै नगरप्रमुख ऐर ले ‘प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्याउँने धारणा समेत राखे ।

नगद सहित सम्मानित भएपछी सम्मानित हुन पाउँदा धेरै खुशि लागेको ललित ले बताए ।तिब्र गतिका बलर ललित ले पछिल्लो समय नेपाली र्राष्ट्रिय क्रीकेट टोलि बाट नियमित जस्तो विभिन्न प्रतियोगिता मा खेलिसकेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *