onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

थाईल्यान्ड को आयोजना मा हुने अन्तर्राष्ट्रिय महिला टि-ट्वान्टी क्रीकेट प्रतियोगिता मा नेपालले पनि सहभागिता जनाउदै

कार्तिक २९ , अनलाईन खेलखवर || थाईल्यान्ड क्रीकेट सघ को आयोजना मा यहि आउदो जनवरि ८ देखि १७ तारिख सम्म हुने अन्तर्राष्ट्रिय टि-ट्वान्टी महिला प्रतियोगिता मा नेपाली महिला क्रीकेट टोलि ले सहभागिता जनाउदैँ छ्न ।

कुल १० टिमहरु को सहभागिता रहने उक्त प्रतियोगिता मा आयोजक रास्ट थाईल्यान्ड को र्राष्ट्रिय महिला टोलि सहित थाईल्यान्ड “ए” , नेपाल , नामिबिया , युएई , भुटान , मलेसिया , हङकङ म्यानमार र ईन्डोनेसिया को सहभागिता रहने छ ।

प्रतियोगिता मा दुई समूह बिभाजन गरि खेल खेलाईन्छ । जसमा समुह ” ए ” नेपाल सहित युएइ, नामिविया, मलेसिया र थाइल्याण्ड ए टिम रहेका छन । यस्तै समुह “बी ” मा थाइल्याण्ड, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन ।

आयोजक थाइल्याण्डले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल जनवरि १२ मा नामिवियासँग खेल्नेछ । यस्तै दोस्रो मा जनवरि १३ मा मलेसिया सँग प्रतिस्पर्धा गर्नेछ । यस्तै प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा जनवरि १४ मा युएइ र लिग को अन्तिम खेल मा जनवरि १६ तारिख मा थाइल्याण्ड ” ए “टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फाईल फोटो

लिग चरण बाट समुह को उत्कृष्ट २ टोलि प्रतियोगिता को सेमिफाइनल पुग्नेछ्न । लामो समय पछि नेपाली महिला क्रीकेट टोलि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

साथै फेब्रेवरी महिना मा तोकिएको आइसीसी महिला टी–२० एशिया क्षेत्र छनोट प्रतियोगिता को तयारी को राम्रो अबसर यो प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्