onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यहि आउदो कार्तिक २९ गते देखि सिन्धुपाल्चोकमा “पाँचपोखरी सुपर एट ” क्रिकेट प्रतियोगिता हुँदै

कार्तिक २४, अनलाईन खेलखवर ||पाँचपोखरी क्रिकेट क्लब, सिन्धुपाल्चोक को आयोजना तथा पाँचपोखरी थाङपाल गाउपालिका को सहयोगमा यहि आउदो कार्तिक २९ गते देखि मङ्सिर २ गते सम्म जिल्ला स्तरिय जितबहादुर खडका स्मृति पाँचपोखरी सुपर आठ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद, प्रयटन प्रबर्द्धनको लागि खेलकुद ‘ भन्ने नारा सहित दोस्रो पटक सिन्धुपाल्चोक मा यो प्रतियोगिता हुन लागेको हो ।

पहिलो संस्करण भब्यता का साथ सम्पन्न गरेको पाँचपोखरी युवा क्लब ले यसलाई निरन्तरता दिदै यसपटक पनि गर्न लागेको हो ।

स्थानिय टोली को सहभागिता रहने प्रतियोगिता मा कुल ९ टोली को सहभागिता रहने छ । जसमा दुई समूह मा बिभाजन गरि खेल खेलाईने छ । जहाँ समूह ” ए ” मा सिन्धु लायन्स ,टिम बार्हबिशे ,थाङपाल क्रिकेट सर्कल र हार्ट अफ भुताङ रहेका छ्न भने समूह “बि” मा मेलम्ची युनाइटेड ,टिम दुवाचौर , पाँचपोखरी क्रिकेट क्लब ,थाङपाल धाप क्रिकेट क्लब र भोताङ छ्वलिङ रहेका छ्न ।

यस्तै प्रतियोगिताको बिजेता ले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न यस्तै उपबिजेता ले नगद ३० हजार का साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ्न । यस्तै प्रत्येक खेल को म्यान अफ द म्याच तथा प्रतियोगिता को उत्कृष्ट ब्याट्सम्यान, उत्कट बलर, म्यान अफ द सिरिज का लागि आकर्षक पुरस्कार को समेत ब्यबस्था गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट ३ खेलाडि हरु लाई काठमाडौ स्थित वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडमिमा १ बर्षको निशुल्क प्रशिक्षण को समेत ब्यवस्था गरिएको आयोजक ले जानकारी गराएको छ ।

त्यसैगरी उत्कृष्ट एक इमर्जिङ खेलाडिलाइ नेक्सस क्रिकेट एकेडमी, काठमाडौको तर्फबाट एन सि ए दिल्लीमा १ बर्ष निसुल्क प्रशिक्षणको ब्यवस्था गरिने आयोजक ले जनाएको छ ।

सिन्धुपाल्चोक नेपाल को उदायमान क्रीकेटिङ जिल्ला को रुपमा पछिल्लो समय आफू उभाउदै आएको पहाडी जिल्ला हो । सिमित साधन र पहाडी अबस्थाको जिल्ला हुँदा हुँदै पनि सिन्धुपाल्चोक मा क्रीकेट गतिबिधि पछिल्लो समय बाक्लो बन्दै गएको छ ।जुन आफै मा यो प्रतियोगिता पनि एक उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्