onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पोखरा पल्टन ले चुम्यो पोखरा प्रिमियर लिग को उपाधी

कार्तिक २० , अनलाईन खेलखबर || घरेलु क्रीकेट को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) को उपाधी घरेलु टोलि पोखरा पल्टन ले उचालेको छ ।

आज फाईनल मा चितवन राईनोज लाई ३ बिकेट ले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो ।

१ सय ६१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको पोखरा ले १९.२ ओवर भित्र ७ बिकेट गुमाएर भेटायो । पोखरा लाई च्याम्पियन बनाउन रबिईन्द्रर सिँह ले उत्कृष्ट ब्याटिङ गरे । उनले ९० रनको पारी खेल्दा पोखरा लाई जित का लागि प्रयाप्त हुने पुग्यो।

यस्तै टिमलाई जिताउन मोहम्मद नाबेद ले २५ , आरिफ शेख ले १२ , शरद भेषावकर ले २२ रन को योगदान गरे ।

खेल अन्तिम तिर रोमाञ्चक हुन पुगेको खेल मा चितवन का लागि भुवन कार्की ले २ बिकेट लिए भने पारस खडका , सनि पटेल र करन केसि ले समान १/१ बिकेट लिए ।

यसअघि पोखरा रंगशाला मा टस हारेर सुरु मा ब्याटिङ गरेको चितवन राईनोज ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ६० रनको योगफल खडा गरेको थियो ।

ईनिग को १.६ ओवर मा टिम को ९ रन हुँदा पहिलो बिकेट का रुपमा ओपनर हरि शङ्खर शाह लाई ८ रन मा गुमाएको भएपनि दोस्रो बिकेट का लागि कप्तान पारस खडका र ओपनर अनिल कुमार शाह बिच राम्रो साझेदारी भएको थियो । यी दुई बिच ७६ रनको साझेदारी हुँदा टिम बलियो स्थिति मा पुगेको थियो ।

कप्तान पारस ले ३७ बलको सामना गर्दै ९ चौका को मद्दत मा अर्धसतकिय ५१ रनको पारी खेले । यस्तै अर्का ओपनर अनिल कुमार शाह ले ३७ रनको योगदान गर्दा ईनिग को अन्तिम मा सनि पटेल ले आक्रमक ४३ रनको पारी खेले पछि चितवन सम्मानजनक स्कोर मा पुग्यो ।

बलिग तर्फ पोखरा का लागि कृष्ण कार्की ले २ बिकेट लिए भने ललित राजबन्शि र मोहम्मद नाबेद ले समान १/१ बिकेट लिए ।

प्रतियोगिता को च्याम्पियन बनेको पोखरा पल्टन ले नगद २७ लाख प्राप्त गर्न सफल हुँदा प्रतियोगिता को उपबिजेता चितवन राईनोज ले नगद १० लाख रुपैयाँ मा चित्त बुझायो ।

कार्तिक ९ गते देखि सुरु भएको प्रतियोगिता मा ६ टिम को सहभागिता रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *