पिपिएल फाईनल : चितवन द्रारा पोखरा का लागि १६१ रनको बिजयी लक्ष्य प्रस्तुत
कार्तिक २० , अनलाईन खेलखबर || घरेलु क्रीकेट को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत अहिले उपाधि का लागि चितवन राईनोज र पोखरा पल्टन बिच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशाला मा टस हारेर सुरु मा ब्याटिङ गरेको चितवन राईनोज ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ६० रनको योगफल खडा गरेको छ ।
ईनिग को १.६ ओवर मा टिम को ९ रन हुँदा पहिलो बिकेट का रुपमा ओपनर हरि शङ्खर शाह लाई ८ रन मा गुमाएको भएपनि दोस्रो बिकेट का लागि कप्तान पारस खडका र ओपनर अनिल कुमार शाह बिच राम्रो साझेदारी भएको थियो । यी दुई बिच ७६ रनको साझेदारी हुँदा टिम बलियो स्थिति मा पुगेको थियो ।
कप्तान पारस ले ३७ बलको सामना गर्दै ९ चौका को मद्दत मा अर्धसतकिय ५१ रनको पारी खेले । यस्तै अर्का ओपनर अनिल कुमार शाह ले ३७ रनको योगदान गर्दा ईनिग को अन्तिम मा सनि पटेल ले आक्रमक ४३ रनको पारी खेले पछि चितवन सम्मानजनक स्कोर मा पुग्यो ।
बलिग तर्फ पोखरा का लागि कृष्ण कार्की ले २ बिकेट लिए भने ललित राजबन्शि र मोहम्मद नाबेद ले समान १/१ बिकेट लिए ।
अब केही बेर पछि पोखरा पल्टन १ सय ६१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ मा उत्रिने छ ।
लिग चरण बाट अंकतालिका को शिर्षस्थान मा रह्दै पोखरा पल्ट्न फाईनल पुगेको थियो । यस्तै चितवन ले भने फाईनल सम्म पुग्न प्रतियोगिता को फाईनलद्रार एलिमिनेटर मा काठमाडौ लाई ६ बिकेट ले पराजित गर्दै पोखरा सगँ भेट पक्का गरेको हो ।
प्रतियोगिता को प्राबधान अनुसार लिग मा पहिलो स्थान ले सिदैँ फाईनल पुग्ने थियो । भने दोस्रो र तेस्रो ले एलिमीनेटर खेल खेल्दै फाईनल प्रबेश गर्ने ब्यबस्था मिलाईएको थियो ।
प्रतियोगिता को फाईनल पुगेका चितवन राईनोज र पोखरा पल्ट्न ले लिग मा खेलेका कुल ५ खेल मा समान ३ मा जित र २ मा हार ब्यहोदै ६ अंकसहित पहिलो र दोस्रो स्थान मा थिए । समान अंक भएपनी नेटरनरेट मा पछि पार्दै पोखरा पहिलो स्थान मा पुगेको थियो ।
यसअघि लिग चरण मा भेट हुँदा पोखरा पल्ट्न ले चितवन राईनोज लाई ५ बिकेट ले पराजित गरेको थियो ।
आज हुने प्रतियोगिता को समापन कार्यक्रम मा पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्प कमल दाहाल ( प्रचन्ड ) प्रमुख अतिथी का रुपमा आगमन हुने कार्यक्रम रहेको छ ।
पिपिएल को बिजेता ले २७ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ । जुन घरेलु क्रीकेट ईतिहास मा सबैभन्दा ठूलो पुरस्कार राशी हो ।
यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकै पटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको यो पनि पहिलो पटक नै हो ।
यस्तै प्रतियोगिता को हरेक खेल को म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार को ब्यबस्था गरिएको छ । भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने ब्यबस्था आयोजक ले गरेको छ ।
कार्तिक ९ गते देखि सुरु भएको प्रतियोगिता मा ६ टिम को सहभागिता रहेको थियो ।