बिश्वकप छनोट प्रतियोगिता खेली नेपाली क्रीकेट टोलि आज स्वदेश फर्किदै
चैत्र ५ , अनलाईन खेलखबर || जिम्बाबे मा भएको आईसीसी एकदिवसीय बिश्वकप छ्नोट प्रतियोगिता खेली आज साझ नेपाली क्रीकेट टोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपाली टोलि आज साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल मा करिव साझको ५: ५५ पछि अवतरण हुनेछ । हिजो नै नेपाली टिम राती जिम्बावेको राजधानी हारेरबाट हिडेको छ । नेपाली टिम दुवईमा ट्रान्जिट भएर आज साँझ मात्र नेपाल आईपुग्नेछ ।
प्रतियोगिता खेल्न अगि नेपाल ले लक्ष्य सुपर सिक्स मा प्रबेश गर्दै सिदै ४ बर्ष का लागि एकदिवसीय मान्यता पाउने थियो तर नेपाल सुपर सिक्स प्रबेश गरि एकदिवसीय मान्यता पाउँन त सकेन , तर जुन सपना बोकेर प्रतियोगिता खेल्न गएको थियो त्यो भने प्ले अफ हुँदै पूरा भएको छ । जुन सपना नेपाली टोलि ले बर्षौ देखि देख्दै आएका थिए जुन सपना यस प्रतियोगिता ले बिपना मा परिणत गर्देको छ ।
कुल १० टिम सम्मलित प्रतियोगिता मा नेपाल ले आठौं स्थान प्राप्त गरेको थियो । नेपाल ले समुह चरण मा १ खेल जितेको थियो जुन हङकङ विरुद्ध थियो भने एकदिवसीय मान्यता पाउने महत्त्वपूर्ण खेल मा पपुवा न्युगिनी लाई पनि पराजित गरेको थियो भने नेपाल अफगानिस्तान , जिम्बाबे , स्कटल्याण्ड र सातौ स्थान का लागि भएको प्ले अफ मा नेदरल्यान्ड सगँ पराजित भएको थियो ।
प्रतियोगिता मा औसत प्रदंशन गरेपनी भाग्यमानी टिम बन्दै आबस्यक २ खेल मा जित निकाल्दै नेपाल ले एकदिवसीय मान्यता प्राप्त गरेको छ , जुन नेपाली क्रीकेट को सबैभन्दा ठूलो उपलब्धि हो ।
यसै सन्दभ मा अहिले नेपाल निकै नै हर्शित रहेको छ , नेपाली क्रीकेट टोलि लाई बधाई सुभकामना अहिले सम्म आईरहेको अबस्थामा अझै त्यो रोकिएको छैन निरन्तर जारी रहेको छ ।
आज साझ नेपाली क्रीकेट टोलि स्वदेश फर्किदै गर्दा विमान स्थल मा स्वागत का लागि पक्कै ठूलो भिड हुनेछ , पछिल्लो डिभिजन २ बाट उत्कृष्ट हुँदै बिश्वकप छ्नोट खेल खेल्न छनोट भएर स्वदेश फर्किएको नेपाली टोलि लाई जसरी क्रीकेट समर्थन हरुले स्वागत गरेका थिए त्यसरी नै यसपालि पनि त्यो माहोल फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल मा देखिने कुरा मा दुई मत छैन , अझ बढी भब्य स्वागत यसपालि हुने बिश्वास गरिएको छ ।