पिपिएल को फाईनलद्रार मा काठमाडौ द्रारा चितवन सामु सामान्य बिजयी लक्ष्य प्रस्तुत

पिपिएल को फाईनलद्रार मा काठमाडौ द्रारा चितवन सामु सामान्य बिजयी लक्ष्य प्रस्तुत

कार्तिक १८ , अनलाईन खेलखबर || पोखरा ना जारी पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत अहिले प्रतियोगिता को फाईनल प्रबेश का लागि चितवन राईनोज र काठमाडौ रोयल्स बिच अहिले प्रतिस्पर्धा भईरहेको छ ।

फाईल फोटो

पोखरा रंगशाला मा आज टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ रोयल्स ले १९.३ ओवर मा अलआउट हुदै मात्र ९४ रन बनाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल को ३० रन र जयकिशन कोल्सावाला को २५ रन बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान टिम लाई दिन असफल भएपछि काठमाडौ कम स्कोर रोकिएको छ ।

ईनिग को ४.३ ओवर भित्र मात्र ३० रन हुँदा टिमले आफ्ना महत्त्वपूर्ण ४ बिकेट गुमाई सकेको थियो । जसमा अ्मित श्रेष्ठ ले ९ बनाउदाँ पवन सराफ ले खाता खोल्न समेत सकेनन यस्तै गौरब तोमर १ र नरेश बुढाएर पनि १ रन मा पभिलियन फर्किए पछि काठमाडौ निकै कम स्कोर मा रोकिन बाध्य भयो ।

बलिग तर्फ टिम का लागि कसिलो बलिग गर्ने क्रम मा सनि पटेल ले सर्वाधिक ३ बिकेट लिए यस्तै समित पटेल र भुवन कार्की ले पनि समान २/२ बिकेट हात पारे यस्तै पारस खडका र करन केसि ले पनि १/१ बिकेट लिन सफल भए ।

अब को केही बेर पछि पारस खडका को टिम चितवन ले ९५ रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिने छ ।

प्रतियोगिता को फाईनल मा पोखरा पल्टन सगँ भेट पक्का गर्न आज को एलिमिनेटर मा जित निकाल्नु पर्नेछ ।

यस अघि लिग चरण मा भेट हुँदा चितवन ले काठमाडौ माथी रोमाञ्चक खेल मा १३ रनले बिजयी भएको थियो ।

प्रतियोगिता को लिग चरण अन्तर्गत चितवन र काठमाडौ ले ५ खेल बाट समान ३ मा जित र २ हार ब्यहोर्दै ६ अंकसहित अंकतालिका को क्रमश दोस्रो र तेस्रो स्थान मा रहदै एलिमिनेटर को यात्रा तय गरेका हुन । अंकतालिका मा नेट रनरेट मा हाबी हुँदै चितवन दोस्रो स्थान मा पुगेको थियो ।।

यस्तै घरेलु टोलि पोखरा पल्ट्न समान ६ अक भए पनि नेट रनरेट मा सबैभन्दा माथी रहदै अंकतालिका को पहिलो हुँदै प्रतियोगिता को फाईनल प्रबेश गरिसकेको छ ।

प्रतियोगिता को प्राबधान अनुसार लिग चरण बाट अंकतालिका को पहिलो स्थान मा रहने टिम सिदै फाईनल पुग्ने र दोस्रो र तेस्रो ले एलिमिनेटर खेल्दै फाईनल यात्रा तय गर्नु पर्ने रहेको थियो ।

पिपिएल को बिजेता ले २७ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ । जुन घरेलु क्रीकेट ईतिहास मा सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकै पटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको यो पनि पहिलो पटक नै हो ।

यस्तै प्रतियोगिता को हरेक खेल को म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार को ब्यबस्था गरिएको छ । भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने ब्यबस्था आयोजक ले गरेको छ ।

कार्तिक ९ गते देखि सुरु भएको प्रतियोगिता कार्तिक २० गते सकिने छ । फाईनल खेल मा पोखरा पल्ट्न सगँ अहिले जारी चितवन र काठमाडौ बिच को बिजेता टोलि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *