मैदान मा खराव व्यबहार देखाएको भन्दै सन्दिप लामिछाने लाई जारी पिपिएल मा कारबाही
कार्तिक १८ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा जारी घरेलु क्रीकेट को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) को लिग चरण को अन्तिम खेल को समय अम्पायर सगँ बिबाद हुन पुगेपछी बिराटनगर टाईटान्स का कप्तान सन्दिप लामिछाने लाई अम्पायरले कारवाही सहित डि-मेरिट अंक दिएका छन्।
चितवन राईनोज र बिराटनगर बिच लिग को अन्तिम खेल का बेला अम्पायरले दिएको निर्णय प्रति असन्तुष्ट देखिए पछि म्याच रेफ्री सत्यजित सरकारले सन्दिप लाई कारवाही गरेका हुन ।
सनिवार भएको उक्त खेल का क्रममा जवाफी ब्याटिङ मा उत्रिएको चितवन को ईनिग मा बिराटनगर का बलर किशोर महतोको चौथो ओवर को अन्तिम बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर संजय सिग्देलसंग विवाद गरेका थिए ।
यसपछि खेल हेर्न आएका दर्शकहरु बाट उक्त अबस्थामा सन्दिप घमन्डि भएको भन्दै नारा लगाउन थाले पछि सुरुवात अवस्था मा प्रतिक्रिया नदिई हाले पनि पछि दर्शक तिर फर्केर हात उचाल्दै उस्काएका र तालि समेत बजाएका थिए ।
यस्तै खेल क्रम मा अम्पायर सङ्ग गलत व्यबहार गरेको कारण विराटनगर टाईटन्सका बलर किशोर महतो र चितवन राइनोज का सन्नी पटेल लाई समेत मैदानमा खराब व्यवहार देखाएका कारण खेल रेफ्रीले चेतावनी दिएका थिए ।
यसअघि बिहीबार पनि काठमान्डौ रोयल्स का अमर सिह रौटेला लाई पनि कारबाही स्वरुप एक डिमेरिट अंक दिईएको छ । उनले चितवन राईनोज विरुद्ध भएको खेलको क्रममा मैदानमा खराब व्यवहार देखाएका थिए ।
यता कारबाहीमा परेका सबै खेलाडीहरु ले आ-आफ्नो गल्ती स्वीकार गरिसकेका ले कारबाही बारे थप सुनाई नहुने आयोजक क्विन्स ईभेन्ट एन्ड मेनेजमेन्ट प्राली ले जनाएको छ ।
सन्दिप को टिम बिराटनगर टाईटान्स कुल ६ टिम को सहभागिता रहेको प्रतियोगिता मा लिग को अन्तिम स्थान मा रहदै प्रतियोगिता बाटै बाहिरी सकेको छ । खेलेका ५ खेल मध्य बिराटनगर ले मात्र १ खेल मा जित निकाल्दै २ अंकसहित अकंतालिका को पुछार मा रहदै प्रतियोगिता को समापन गरेको छ ।