onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाेखरा पल्टन पीपीएल काे फाइनलमा : चितवन र काठमाडौ फाईनल प्रबेश का लागि भोलि प्रतिस्पर्धा गर्ने

कार्तिक १७ , अनलाईन खेलखबर || नेपाल को पर्यटकिय शहर पोखरा मा जारी घरेलु क्रीकेट मा सबैभन्दा ठूलो प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत आज लिग चरण का सबै खेल समाप्त भएको छ ।

आज लिग को अन्तिम खेल मा चितवन् राईनोज र बिराटनगर टाईटान्स बिच भएको खेल मा चितवन ले विराटनगर लाई ४ बिकेट ले पराजित गर्दै प्रतियोगिता को दोस्रो स्थान मा पुग्न सफल भएको छ ।

अंकतालिका मा समान ६ अंक भएपनि नेट रनरेट मा पोखरा पल्ट्न माथी हुँदै पहिलो स्थान हासिल गर्दै प्रतियोगिता को फाईनल प्रबेश गरेको छ । भने अंकतालिका मा क्रमश दोस्रो र तेस्रो हुँदै चितवन र काठमाडौ ले एलिमिनेटर को बाटो हुँदै फाईनल पुग्नु पर्नेछ । यी दुई बिच भोलि आईतवार हुने एलिमिनेटर को बिजेता ले मंगलवार पोखरा पल्टन सगँ फाईनल खेल्नेछ ।

प्रतियोगिता बाटै बाहिरी सकेको बिराटनगर विरुद्ध चितवन का लागि आज को खेल जित्नै पर्ने दबाब थियो । खेल आफ्नो पक्ष मा पारेको खण्ड मा मात्र चितवनले दोस्रो चरण प्रबेश गर्ने अवस्था थियो ।

अन्तिम खेल अघि चितवन ४ खेल मा २ मा जित र २ हार ब्यहोर्दै अंकतालिका को चौथो स्थान मा रहेको थियो । घनगढि सगँ समान ४ अंक भएपनि रनरेट का आधार मा पछि रहेको थियो । र पोखरा पल्ट्न ६ अंक सहित पहिलो स्थान मा र दोस्रो मा काठमाडौ समान ६ अंक सहित नेट रनरेट मा पछि पर्दै दोस्रो स्थान मा कायम थिए ।

खेलको नियम अनुसार अंकतालिका को पहिलो स्थान मा हुने टिम सिदै फाईनल पुग्ने र दोस्रो र तेस्रो बिच एलिमिनेटर खेल मा जित निकाल्दै फाईनल पुग्ने प्राबधान रहेको हुँदा चितवन लाई जित को विकल्प थिएन ।

आज पोखरा रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगर ले निर्धारित पुरै २० ओवर खेल्दै ५ बिकेट गुमाएर १ सय ४५ रनको योगफल बनाएको थियो ।

सुरुवाति निकै राम्रो गरेको बिराटनगर ले पहिलो बिकेट का लागि मोहम्मद जायद आलम र सुनिल घमला बिच ओपनिग साझेदारी ८७ रनको भएको थियो । मोहम्मद जायद ले ५१ रन र सुनिल घमला ले ४७ रनको पारि खेलेका थिए । ससक्त सुरुवात गर्दै बिराटनगर ले सम्मानजनक स्कोर खडा गरेको हो । बिराटनगर का लागि प्रदिप एरि र पुस्प थापा ले अबिजीत रह्दै समान ११/११ रन थपे ।

बलिग मा चितवन का लागि पारस खडका र समित पटेल ले समान २/२ बिकेट लिए भने करन केसि ले पनि १ बिकेट हात पारे ।

यसपछि १ सय ४६ रनको बिजयी लक्ष्य लिई जवाफी ब्याटिङ गरेको चितवन ले सनि पटेल को आक्रमक अर्धसतकिय ५१ रनको पारि खेलेपछी चितवन ले लक्ष्य १९.३ ओवर भित्र ६ बिकेट गुमाएर भेटायो । सनि ले २४ बलको सामना गर्दै ४ चौका र ४ छ्क्का प्रहार गर्दै ५१ रन मा अबिजित रहे ।

यता चितवन ले ईनिग को पहिलो बल मै ओपनर हरि सङ्खर शाह लाई गुमाएको थियो । उनी सन्दिप लामिछाने को बल मा सिकार हुन पुगे । लगत्तै कप्तान पारस खडका पनि सस्तै मा सन्दिप को बलमै ७ रन बनाएर आउट हुन पुगे पछि टिम दबाब मा आएको थियो । यसपछि अनिल शाह ले १३ रन , समित पटेल ले २१ रन र आरिफ शेख ले ३५ रन बनाउदै पारी लाई उकास्न महत्त्वपूर्ण भुमिका खेले ।

कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिता मा पोखरा पल्ट्न , चितवन राईनोज र काठमाडौ रोयल्स ले दोस्रो चरण पुग्दा समान ६ अंक भएपनि नेटरनरेट मा पछि पर्दै चौथो स्थान मा चित्त बुझाउदै प्रतियोगिता बाटै बाहिरीयो भने पाचौं मा बुटवल ब्लास्टर र अन्तिम स्थान मा बिराटनगर टाईटान्स रहदै प्रतियोगिता को अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्