धनगढी द्रारा बुटवल ब्लास्टर  २० रन ले पराजित : यो सगैँ पिपिएल रोचक मोडमा

धनगढी द्रारा बुटवल ब्लास्टर २० रन ले पराजित : यो सगैँ पिपिएल रोचक मोडमा

कार्तिक १५ ,अनलाईन खेलखवर |घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा ठूलो प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत आज भएको दोस्रो खेल मा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ ।

यो प्रतियोगिता मा घनगढि को दोश्रो जित हात पारेको छ । भने बुटवल को यो लगातार यो दोस्रो हार हो ।

आज धनगढी ब्लुज ले दिएको १सय ६२ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको बुटवल ले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर मात्र १सय ४१ रन मा सिमित हुन पुग्यो ।

बुटवलको तर्फबाट चिराग सुरीले सर्बाधिक अविजित रह्दै अर्धसतकिय पारी खेले पनि आफ्नो टिम लाई जित भने दिलाउन सकेनन् । उनले ५२ बल को सानना गर्दै ११ चौका र १ छ्क्का को मद्धतमा ७४ रनको पारी खेले ।

त्यस्तै बुटवल का लागि रोहन मुस्तफाले २० तथा सिद्धान्त लोहनी र सोमपाल कामीले पनि समान १२ रन को योगदान गरे ।

धनगढीको जितमा सागर ढकालले सर्वाधिक २ विकेट हात पारे । यस्तै सागर कमल सिहँ एरि र डेन ल्यारेन्स ले समान १/१ बिकेट लिन सफल भए

यसअघि पोखरा रंगशाला मा ट्स जितेर पहिले ब्याटिङ गरेको घनगढि ले निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गर्यो ।

घनगढी लाई ठुलो स्कोर तर्फ डेन ल्यालेन्स र कप्तान दिपेन्द्र सिँह एरि बिच को ठूलो साझेदारी को मद्धत मा घनगढि ठूलो लक्ष्य तर्फ पुगेको थियो । यी दुई बिच चौथो बिकेट का लागि १०८ रनको साझेदारी भएको थियो ।

ईनिग को ६.३ ओवर भित्र टिमको स्कोर हुदाँ ३९ रन हुँदा दिलिप नाथ लाई १० , सुभेन्दु पान्डेय लाई १० , पिटर टयागो लाई १४ रन मा गुमाएको भए पनि दीपेन्द्र र डेन ल्यारेन्स बिच ठूलो साझेदारी बने पछि घनगढी ठूलो स्कोर खडा गर्न सफल भयो ।

डेन ल्यारेन्स ले अर्धसतकिय ५२ रन बनाउदाँ दिपेन्द्र पनि ५६ रन मा अबिजित रहे यस्तै सौरभ खनाल पनि १३ रन मा अबिजित रहे ।

बलिग तर्फ बुटवल को तर्फ बाट बिपिन कार्की ले २ बिकेट लिए । भने रोहन मुस्तफा र अभिनाश बोहरा ले पनि समान १/१ बिकेट लिएका थिए ।

अब प्रतियोगिता मा भोलि शुक्रबार पहिलो खेल मा पोखरा र घनगढी ले प्रतिस्पर्धा गर्नेछ्न भने दोस्रो खेल मा बुटवल र काठमाडौ भिडने छ्न ।

अब पोखरा प्रिमियर लिग ( पिपिएल ) रोचक मोड मा ।

प्रतियोगिता को नियम अनुसार लिग को पहिलो स्थान को टोलि सिदै फाईनल पुग्ने र दोस्रो र तेस्रो बिच एलिमिनेटर खेल हुनेछ बिजेता ले लिग बाट पहिलो स्थान हासिल गर्दै फाईनल पुगेको टिम सगँ फाईनल खेल्नेछ ।

यसअर्थ मा प्रतियोगिता मा लिग चरण को खेल हरु अत्य अन्त्य आईपुग्दा सम्म कुनै टिम ले स्पस्ट स्थान हासिल गरि सकेका छैनन । अहिले समीकरण रोचक मोड मा पुगेको छ ।

अहिले अंकतालिका मा ५ टिम को समान ४ अंक रहेको छ । जसको नतिजा जे पनि हुने देखिन्छ । अंकतालिका मा अहिले समान ४ अंक सहित रनरेट को आधार मा क्रमश बुटवल ब्लास्टर , पोखरा पल्टन , चितवन् राईनोज , काठमाडौ रोयल्स र घनगढि ब्लुज माथी छ्न भने बिराटनगर को सम्भावना सकिएको छ यो दौड मा बिराटनगर बाहिरी सकेको छ ।

अब बुटवल , चितवन् र घनगढी ले १/१ खेल खेल्न बाकि छ भने पोखरा पल्टन र काठमाडौ को अब २/२ खेल बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *