पिपिएल मा पारस खड्का को टिम चितवन् को राम्रो कम ब्याक : काठमाडौ लाई पराजित गर्दै अंकतालिका को तेस्रो स्थान मा उक्लियो

पिपिएल मा पारस खड्का को टिम चितवन् को राम्रो कम ब्याक : काठमाडौ लाई पराजित गर्दै अंकतालिका को तेस्रो स्थान मा उक्लियो

कार्तिक १५ , अनलाईन खेलखबर | पोखरा मा जारी नेपाल को सबैभन्दा ठूलो घरेलु क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत आज भएको खेल मा चितवन राईनोज ले काठमाडौ रोयल्स लाई १३ रनले पराजित गरेको छ ।

पोखरा रंगशाला मा आज ट्स हारेर पहिले ब्याटिङ गरेको पारस खड्का को टिम चितवन राईनोज ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ४९ रनको योगफल खडा गरेको थियो ।।

चितवन लाई मध्यम स्कोर सम्म पुर्याउन ओपनरद्रय हरि सङ्खर शाह र अनिल कुमार शाह को महत्त्वपूर्ण ईनिग रहयो । हरि सङ्खर शाह ले अर्धसतकिय ६० रनको पारि खेले । यस्तै अनिल ले २७ रनको योगदान गरे । साथ मा कप्तान पारस खडका ले १४ , समित पटेल ले ३१ र शनि पटेल ले १३ रनको योगदान टिम लाई गरेका थिए ।


बलिग तर्फ काठमाडौ का लागि बसन्त रेग्मी ले २ बिकेट पवन सरार्फ र नन्दन यादब ले समान १/१ बिकेट लिए ।

यसपछि १ सय ५० रनको बिजयी लक्ष्य लिई जवाफी ब्याटिङ गर्न उत्रिएको काठमाडौ लक्ष्य नजिक पुगे पनि नतिजा आफ्नो पक्ष मा पार्न भने असफल भयो । काठमाडौ ले निर्धारित पुरै २० ओवर खेल्दै ९ बिकेट गुमाएर १३६ रन भित्र समिटियो र खेल चितवन ले १३ रन ले बिजयि भएको छ ।

काठमाडौ का लागि गौरव तोमर ले सर्बाधिक ३९ रन को योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ले ३० रन को पारी खेल्दा जयकिशन कोल्सावाला ले १८ र पवन सराफ ले २८ रनको योगदान गरे ।

निकै रोमाञ्चक बनेको खेल मा ईनिग को अन्तिम ओवर मा पारस खड्का ले उत्कृष्ट बलिग गरेपछि खेल चितवन को तर्फ गएको थियो ।

बलिग तर्फ चितवन का लागि करन केसि ले ३ बिकेट लिए भने पारस खडका ले २ र शनि पटेल , समित पटेल र भुवन कार्की ले समान १/१ बिकेट् लिए ।

यसअघि लगातार दुई खेल मा पराजित भएको चितवन ले यसपछि लगातार २ खेल मा जित हासिल गर्दै अंकतालिका मा ४ अंक सहित तेस्रो स्थान मा उक्लिएको छ । भने काठमाडौ ले ३ खेल मा २ जित र १ मा हार ब्यहोर्दै अंकतालिका को चौथो स्थान मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *