बुटवल ब्लास्टर माथी बिराटनगर को सनसनिपुर्ण जित : बुटवल को लय मा लाग्यो पुर्णबिराम

बुटवल ब्लास्टर माथी बिराटनगर को सनसनिपुर्ण जित : बुटवल को लय मा लाग्यो पुर्णबिराम

कार्तिक १४ , अनलाईन खेलखबर || अन्तिम ओवर किशोर महतो ले मेडन ओभर गरेपछि बिराटनगर टाईटान्स ले जारी पोखरा प्रिमियर लिग ( पिपिएल ) मा बुटवल ब्लास्टर माथी सनसनि पुर्ण जित हासिल गरेको छ ।

यो बिराटनगर को जारी प्रतियोगिता को पहिलो जित हो । भने बुटवल को बिजयी लय पुर्णबिराम लागेको छ ।

आज बिराटनगर ले दिएको १४१ रनको बिजयी लक्ष्य लिई जवाफि ब्याटिङ मा उत्रिएको बुटवल ले निर्धारित २० ओवर पुरै खेल्दै लक्ष्य नजि क पुग्दा पुग्दै नतिजा आफ्नो पक्ष मा पार्न सकेन । आफ्नो ८ बिकेट गुमाएर १ सय २८ रन मै समिटिए पछि बिराटनगर ले खेल १२ रनले आफ्नो पक्ष मा पार्न सफल भयो ।

निकै रोमाञ्चक बनेको खेल अर्थात खेल अन्तिम ओवर ले निर्धारण गरेको खेल मा बिराटनगर का किशोर महतो को सानदार बलिग को मद्दत मा बिराटनगर ले जित हासिल गरेको हो । अन्तिम ओवर मा बुटवल लाई जित का लागि १३ रनको आबस्यकता थियो तर बुटवल ले एक रन पनि जोडन सकेन , मेडन ओवर गरेका किशोर ले अन्तिम ओवर को दोस्रो बल मा सिद्धान्त लोहनी लाई समेत आउट गरेपछी बुटवल को हात बाट खेल गएको थियो ।

बुटवल का लागि भिम सार्कि ले सर्बाधिक ५० रन को पारी खेले । यस्तै सागर पुन ले २९ , सङ्खर राना ले २३ र सिद्धान्त लोहनी ले १५ रन बनाए ।

बलिग तर्फ बिराटनगर का लागि सन्दिप लामिछाने र किशोर महतो ले समान २/२ बिकेट लिए भने शाहव आलम र सुनिल घमला ले पनि १/१ बिकेट लिन सफल भए ।

यसअघि पोखरा रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगर ले मोहम्मद जाईद आलम को उत्कृष्ट ब्याटिङ को मद्दतमा निर्धारित पुरै २० ओवर खेल्दै ७ बिकेट गुमाएर १ सय ४० रन बनायो ।

बिराटनगर का लागि सम्मानजनक स्कोर सम्म मोहम्मद जाईद आलम ले सर्बाधिक अर्धसतकिय ७२ रनको पारी खेले । ४५ बलको सामना गरेका उनले ६ चौका र ५ छ्क्का समेत प्रहार गरे । यस्तै बिराटनगर का लागि अर्का ब्याट्सम्यान प्रदिप एरि ले ४१ रनको योगदान दिदाँ अरु बाकी ब्याट्सम्यान को भने प्रदशन कमजोर रह्यो । प्रदिप र जायद बाहेक अन्य ले सम्झिन लायक को पारी खेल्न नसक्दा टिम मध्यम स्कोर मा चित्त बुझाउन बाध्य भयो ।

बलिग तर्फ बुटवल का लागि ललित सिंह भण्डारीले सर्वाधिक २ विकेट हात पारे भने विपिन खत्री, साम्सद शेख र सागर पुनले समान १/१ विकेट हात पारे ।

यो जित सगैँ यसअघि लगातार ३ खेल मा पराजय ब्यहोरेको बिराटनगर का लागि सान्त्वना मिलेको छ । भने यसअघि लगातार २ खेल मा जित निकालेको बुटवल को लागि प्रतियोगिता मा बिजयि लय मा पुर्णबिराम ला लागेको छ । तर हार ब्यहोरे पनि ३ खेल बाट २ मा जित र १ हार सगैँ सोमपाल कामी को बुटवल ब्लास्टर अंकतालिका को शीर्षस्थान मा यथावत नै रहेको छ ।

बुटवल ले पहिलो खेल मा पारस खडका को चितवन राईनोज लाई ७० रनले पराजित गरेको थियो भने दोस्रो मा पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको थियो ।

प्रतियोगिता यसअघि निकै निराशाजनक नतिजा निकालेको सन्दिप लामिछाने को टिम बिराटनगर टाईटान्स ले पहिलो खेलमा पोखरा पल्टन सगँ ५८ रनले , दोस्रो मा घनगढी सगँ ७८ रनले र तेस्रो खेल मा काठमाडौ सगँ ५ बिकेट ले पराजित भईसकेको थियो । अब बिराटनगर ले आफ्नो अन्तिम खेल सनिवार चितवन् राईनोज सगँ खेल्नेछ ।

अब प्रतियोगिता मा भोलि बिहिवार पहिलो खेलमा चितवन राईनोज र काठमाडौ भिडने छ्न भने दोस्रो खेल मा घनगढी र बुटवल बिच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *