
पारस खड्का को टिम चितवन को पिपिएल मा पहिलो जित : लगातार २ हार पछि चितवन को शानदार कमब्याक
कार्तिक १४ , अनलाईन खेलखबर ||ओपनरद्रय अनिल कुमार शाह र हरि शङ्खर शाह बिच पहिलो बिकेट का लागि १०१ रनको ओपनिग साझेदारी गरेपछी ठूलो लक्ष्य प्रस्तुत गरेको पारस खड्का को चितवन राईनोज ले धनगढी लाई १२६ रनले पराजित गरेको छ ।
आज १ सय ९४ रनको ठूलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको धनगढि ले सुरुवात देखि नै चितवन का बलर सामु निरीह हुँदै १६.२ ओवर भित्र अलआउट हुदै मात्र ६७ रन मा समिटियो । यो जारी प्रतियोगिता को सबैभन्दा कम स्कोर हो । भने चितवन को सबैभन्दा ठूलो अन्तरको जित हुन पुगेको छ ।
घनगढि का पिटर टियागो ले २७ रन र योगेन्द्र सिँह कार्कि ले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न नसकेपछी चितवन् सामु धनगढि ले लज्जास्पद हार ब्यहोरेको हो ।
बलिग तर्फ चितवन् का लागि शनि पटेल ले सर्बाधिक ४ बिकेट लिन सफल भए यस्तै भुवन कार्की र समित पटेल ले पनि समान २/२ बिकेट लिए भने शक्ति गौचन र करन केसि ले समान १/१ बिकेट लिन सफल भए ।
यसअघि पोखरा रंगशाला मा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन ले जारी प्रतियोगिता १ सय ९३ रनको ठुलो योगफल खडा गरेको थियो जुन प्रतियोगिता को हाल सम्म कै सबैभन्दा ठूलो योगफल हो । चितवन ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर उक्त स्कोर बनाएको हो । ओपनरद्रय अनिल शाह र हरि सङ्खर शाह बिच ओपनिग १०१ रनको साझेदारी भएपछि टिम ठुलो ईनिग तर्फ गएको थियो ।
अनिल कुमार शाह ले ३७ रनको पारी खेल्दा अर्का ओपनर हरि शङ्खर शाह ले अर्धसतकिय ५३ रनको योगदान टिम लाई गरे ।
३४ बलको सामना गरेका उनले १ चौका र ३ छ्क्का समेत प्रहार गरे ।
यसपछि तेस्रो नम्बर मा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का ले पनि आक्रमक ब्याटिङ गर्दै सुरुवाती लय लाई न्याय गरे । उनले ९ बलको सामना गर्दै ४ चौका को मद्दत मा १९ रनको योगदान गरे । यस्तै समित पटेल ले २४ रन बनाउदाँ शनि पटेल २६ रन र करन केसि ११ रन मा अबिजित रहे ।
बलिग तर्फ घनगढी का लागि दीपेन्द्रसिंह एेरी, डेविड लरेन्स, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले समान १-१ विकेट लिए।
खेलको म्यान अफ दि म्याच चितवन का शनि पटेल घोषित भए । अलरान्डर प्रदशन गरेका उनले २६ रन र ४ बिकेट लिएका थिए ।
यो खेल पछि प्रतियोगिता बाट लगभग बाहिरी सकेको बिराटनगर ले प्रतियोगिता को बलियो टिम बुटवल ब्लास्टर सगँ प्रतिस्पर्धा गर्दैछ ।
बुटवल अहिले अंकतालिका मा शीर्षस्थान मा रहेको छ । बुटवल ले खेलेको दुई खेल मा सत प्रतिशत नतिजा निकाल्दै ४ अंकसहित तालिका को पहिलो स्थान मा छ । बुटवल ले पहिलो खेल मा पारस खडका को चितवन राईनोज लाई ७० रनले पराजित गरेको थियो भने दोस्रो मा पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको थियो ।
प्रतियोगिता मा निकै कमजोर ब्याटिङ गर्दै निराशाजनक नतिजा निकालेको सन्दिप लामिछाने को टिम बिराटनगर टाईटान्स ले खेलेका ३ खेल मै हार ब्यहोरेको छ । पहिलो खेलमा पोखरा पल्टन सगँ ५८ रनले , दोस्रो मा घनगढी सगँ ७८ रनले र तेस्रो खेल मा काठमाडौ सगँ ५ बिकेट ले पराजित भईसकेको छ।
आजको खेल बिराटनगर का लागि सान्त्वना का लागि मात्र सिमित हुँदा बुटवल ले भने स्पष्ट जित निकाल्दै अंकतालिका मा पहिलो स्थान कायमै राख्न चाहन्छ ।