onlinekhelkhabar.com

Complete website for Nepali Sports News

गर या मर को खेल मा पारस को टिम चितवन ले पहिले ब्याटिङ गर्दै : पिपिएल क्रीकेट

कार्तिक १४ , अनलाईन खेलखबर || पोखरा मा जारि नेपाल को सर्बाधिक धनराशि पुरस्कार रहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत प्रतियोगिता को छ्ठौ दिनको पहिलो खेल मा अहिले चितवन राईनोज र घनगढि ब्लुज ले प्रतिस्पर्धा गरिरहेका छ्न ।

पोखरा रंगशाला मा जारी खेल मा घनगढी ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । अब चितवन ले पहिले ब्याटिङ गर्नेछ ।

नेपालि र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान समेत रहेका पारस खडका को टिम चितवन् आज को खेल मा प्रतियोगिता को पहिलो जित को खोजी मा हुनेछ । यसअघि खेलेका २ खेल मा चितवन पराजित हुन पुगेको छ यदि प्रतियोगिता मा रहि रह्नन चितवन् ले आज को खेल जसरि पनि आफ्नो पक्षमा पार्नै पर्ने अबस्था छ ।

चितवन् पहिलो खेल मा बुटवल ब्लास्टर सगँ ७० रनले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा पल्टन सगँ ५ बिकेट ले पराजित हुन पुगेको छ । अहिले चितवन् अंकतालिका को अन्तिम स्थान मा छ ।

यस्तै घनगढि को अवस्था पनि उस्तै उस्तै नै रहेको छ । खेलेका २ खेल मध्य १ मा जित र १ मा हार ब्यहोरेको घनगढि अंकतालिका को चौथो स्थान मा छ । प्रतियोगिता मा रहि रहन घनगढि लाई पनि यो खेल निकै महत्त्वपूर्ण रहेको छ ।

घनगढि पहिलो खेल मा काठमाडौ रोयल्स सगँ १७ रन ले पराजित भएको थियो भने दोस्रो खेल मा बिराटनगर माथी सानदार ७८ रनको विशाल अन्तर ले बिजयि भएको छ ।

यसरी हेर्दा यी दुई बिचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने बिश्वास लिईएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *