राष्ट्रपति बिद्यादेवी भण्डारी ले यसरी उचालिन बिश्वकप क्रीकेट को ट्रफी
कार्तिक ११ , अनलाईन खेलखबर || अर्को बर्ष इङ्ल्यान्ड र वेल्समा मा हुन गईरहेको एकदिवसीय बिश्वकप को ट्रफि यात्रा अन्तर्गत अहिले ट्रफी नेपाल मा छ ।
चार दिने नेपाल यात्रा को तेस्रो दिन मा ट्रफी लाई आज बेलुका राष्ट्रपति बिद्यादेवी भण्डारी ले उचालेकी छिन । राष्ट्रप्रमुखको हैसियदमा राष्ट्रपति कहाँ ट्रफी पुर्याइएको हो ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा लगिने भनिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण स्थगित गरिएको थियो ।
आज नै बिहान केवलकार देखि चन्द्रागिरि डाडाँ मा लगेर ट्रफि लाई प्रर्दशनीमा राखियो । ट्रफि लाई नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका थिए ।
ट्र्फि यात्रा मा पहिलो दिन विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्थित स्तुपामा प्रदर्शन गरिएको थियो । सनिवार दोस्रो दिन मा बिश्वकप को ट्रफी पोखरा पुगेको थियो ।
पोखरा मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग को माहोल मा ट्रफी लाई सार्बजनिक गरिएको थियो ।
नेपाल भ्रमणको अन्तिम दिन सोमबार ट्रफीलाई मौसम ले साथ दिए सगरमाथा बेसक्याम्प पुर्याउने कार्यक्रम छ भने त्यसै दिन बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने छ।
विश्वकप प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिता को लोकप्रियता बढाउन ट्रफीलाई रुट बनाएर विभिन्न मुलुकको यात्रा गराउने चलन छ सोही अनुरुप नेपाल मा पनि पहिलो पटक विश्वकप ट्रफी नेपाल आईपुगेको छ । यस अघि सन २०१३ मा फिफा बिश्वकप को ट्रफि नेपाल आईसकेको छ ।
बिश्वकप ट्रफी यात्रा अहिले जारी छ ।ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै ट्रफी नेपाल आएको हो । आईसीसी का अनुसार यस पटक ५ वटा महादेशका २१ राष्ट्रका ६० भन्दा बढी सहरमा बिश्वकप ट्रफी पुग्ने छ । अब भारत हुँदै न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी सम्म बिश्वकप ट्रफी पुग्नेछ ।
अगस्ट २७ तारिख मा दुबईस्थित आईसीसी को मुख्यालय बाट सुरु भएको यात्रा करिव ९ महिना चल्नेछ । अन्तिम का १०० दिन आयोजक को स्थानिय शहर मा ट्रफी यात्रा गराईने कार्यक्रम रहेको छ ।