पिपिएल मा सोमपाल कामी को टिम बुटवल ब्लास्टर को लगातार दोस्रो जित : पोखरा पल्टन ३३ रनले पराजित
कार्तिक ११ , अनलाईन खेलखबर | नेपाल को पर्यटकिय शहर पोखरा मा जारी पोखरा प्रिमियर लिग ( पिपिएल ) मा बुटवल ब्लास्टर र पोखरा पल्टन बिच आज भएको खेल मा बुटवल ब्लास्टर ३३ रन ले बिजयि भएको छ ।
आज भएको खेल मा १ सय ५१ रन को बिजयि लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको पोखरा पल्टन निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट गुमाएर १ सय १७ रन मै समिटिए पछि बुटवल बिजयी भएको हो ।
ईनिग को ४.१ ओवर भित्र टिमको स्कोर ३१ रन हुँदा दुबै ओपनर लाई गुमाएको पोखरा को यसपछि पनि क्रमश बिकेट जाने क्रम नरोकिएपछी सम्मानजनक स्कोर पछ्याएको पोखरा ले लक्ष्य भेटाउन असफल भयो ।ओपनर्द्रय कुशल भुर्तेल ले ९ रन बनाए भने आशिफ शेख ले २० रनको पारी खेले । यस्तै रबिईन्डर सिँह ले ११ , बिनोद भन्डारी ६ , शरद भेषावकर ले १९ , मोहम्मद नाबेद ले ११ रन र रासिद खान ले १० रन बनाए ।
बुटवल लाई जित दिलाँउन बलिग तर्फ सोमपाल कामि , रोहन मुस्तफा , ललित भन्डारी र बिपिन खत्री ले समान २/२ बिकेट हात पारे यस्तै सागर पुन ले पनि १ बिकेट हात पारे ।
यसअघि प्रतियोगिता को तेस्रो दिन को दोस्रो खेल मा आज बुटवल ब्लास्टर ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।जस अनुसार भिम सार्की को उत्कृष्ट अर्थसतकिय ५४ रनको पारी को मद्दत मा बुटवल ले निर्धारित पुरै २० ओवर खेल्दै ७ बिकेट गुमाएर १ सय ५० रन खडा गर्न सफल भएको थियो ।
टिम को स्कोर २० हुदाँ दुबै ओपनर लाई सस्तै मा गुमाएको थियो । चिराग पुरी ले ५ रन र सागर पुन ले २ रन मात्र बनाउन सफल भए ।
यसपछि बुटवल ब्लास्टर लाई सम्मानजनक स्कोर तर्फ पुर्याउन तेस्रो बिकेट का लागि युएई क्रीकेट टिम का कप्तान समेत रहेका रोहन मुस्तफा र भिम सार्की बिच ७३ रनको ठूलो साझेदारी हुन पुगेको थियो । शरद भेषावकर को बल मा आउट हुन पुगेका रोहन मुस्तफा ले ३५ बलको सामना गर्दै ४५ रन बनाए ।
यस्तै अन्तिम तिर टिम का कप्तान सोमपाल कामी ले २२ रनको योगदान गर्दै टिम लाई सम्मानजनक स्कोर तर्फ लगेका थिए ।
बलिग तर्फ पोखरा पल्टन का लागि मोहम्मद नाबेद ले सर्बाधिक ३ बिकेट लिन सफल भए ।यस्तै मेहबुब आलम , सरद भेषावकर र ललित राजबम्शि ले समान १/१ बिकेट लिए ।
जारी प्रतियोगिता मा बुटवल को यो लगातार दोस्रो जित हो भने पोखरा को पहिलो हार हो । बुटवल ले यसअघि पहिलो खेल मा चितवन राईनोज लाई ७० रनले पराजित गरेको थियो ।भने पोखरा ले बिराटनगर टाईटान्स विरुद्ध ५८ रनले बिजयि भएको थियो ।
अब प्रतियोगिता मा भोलि सोमबार पहिलो खेल मा बिराटनगर र काठमाडौ भिडने छ्न भने दोस्रो खेल मा चितवन र पोखरा बिच प्रतिस्पर्धा हुनेछ ।