onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पोखरा पल्टन सामु बुटवल ब्लास्टर ले १५१ रनको बिजयी लक्ष्य प्रस्तुत : भिम सार्कि को अर्धसतकिय पारी

कार्तिक ११ , अनलाईन खेलखबर | नेपाल को पर्यटकिय शहर पोखरा मा जारी पोखरा प्रिमियर लिग ( पिपिएल ) मा अहिले सोमपाल कामी को बुटवल ब्लास्टर र शरद भेषावकर को पोखरा पल्टन बिच प्रतिस्पर्धा भईरहेको छ ।

प्रतियोगिता को तेस्रो दिन को दोस्रो खेल मा आज बुटवल ब्लास्टर ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।जस अनुसार भिम सार्की को उत्कृष्ट अर्थसतकिय ५४ रनको पारी को मद्दत मा बुटवल ले निर्धारित पुरै २० ओवर खेल्दै ७ बिकेट गुमाएर १ सय ५० रन खडा गरेको छ ।

टिम को स्कोर २० हुदाँ दुबै ओपनर लाई सस्तै मा गुमाएको थियो । चिराग पुरी ले ५ रन र सागर पुन ले २ रन मात्र बनाउन सफल भए ।


यसपछि बुटवल ब्लास्टर लाई सम्मानजनक स्कोर तर्फ पुर्याउन तेस्रो बिकेट का लागि युएई क्रीकेट टिम का कप्तान समेत रहेका रोहन मुस्तफा र भिम सार्की बिच ७३ रनको ठूलो साझेदारी हुन पुगेको थियो । शरद भेषावकर को बल मा आउट हुन पुगेका रोहन मुस्तफा ले ३५ बलको सामना गर्दै ४५ रन बनाए ।

यस्तै अन्तिम तिर टिम का कप्तान सोमपाल कामी ले २२ रनको योगदान गर्दै टिम लाई सम्मानजनक स्कोर तर्फ लगेका थिए ।

बलिग तर्फ पोखरा पल्टन का लागि मोहम्मद नाबेद ले सर्बाधिक ३ बिकेट लिन सफल भए ।यस्तै मेहबुब आलम , सरद भेषावकर र ललित राजबम्शि ले समान १/१ बिकेट लिए ।
१ सय ५१ रनको बिजयी लक्ष्य लिई केही बेर पछि स्थानिय पोखरा पल्टन ले जवाफी ब्याटिङ गर्न गर्नेछ । पहिलो खेल मा दुबै टिम ले जित हासिल गरेको हुदाँ त्यो लय लाई यथावत राख्न दुबै टिम चाह्न्छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *