बिश्वकप क्रीकेट ट्रफी नेपाल यात्रा को तेस्रो दिन ट्रफी लाई चन्द्रागिरी मा सार्बजनिक

बिश्वकप क्रीकेट ट्रफी नेपाल यात्रा को तेस्रो दिन ट्रफी लाई चन्द्रागिरी मा सार्बजनिक

कार्तिक ११ , अनलाईन खेलखबर || अर्को बर्ष इङ्ल्यान्ड र वेल्समा मा हुन गईरहेको एकदिवसीय बिश्वकप को ट्रफी यात्रा आईसीसी ले अहिले जारी राखेको छ । विभिन्न मुलुक पछि बिश्वकप ट्रफी शुक्रबार नेपाल आईपुगेको छ ।

फोटो सौजन्य : अनलाईन खबर

चार दिने ट्र्फि यात्रा मा पहिलो दिन विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्थित स्तुपामा प्रदर्शन गरिएको थियो । सनिवार दोस्रो दिन मा बिश्वकप को ट्रफी पोखरा पुगेको थियो ।

पोखरा मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग को माहोल मा ट्रफी लाई सार्बजनिक गरिएको थियो ।

आज आईतवार पोखरा बाट ट्रफी काठमाडौ ल्याई केवलकार देखि चन्द्रागिरि डाडाँ मा लगेर प्रर्दशनीमा राखियो । बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका थिए ।

आज नै प्रधानमन्त्री र विश्वकप प्रायोजकमध्ये एक हुब्लोटले दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्ना ग्राहकसँग ट्रफीलाई साक्षात्कार गराउने छ। त्यसमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, राष्ट्रिय खेलकुद परिषदा सदस्य–सचिव केशवकुमार विष्ट, पूर्व कप्तानहरू, क्यानका पूर्व अध्यक्षहरू कार्यक्रममा संलग्न हुने जनाइएको छ।

नेपाल भ्रमणको अन्तिम दिन सोमबार ट्रफीलाई मौसम ले साथ दिए सगरमाथा बेसक्याम्प पुर्याउने कार्यक्रम छ भने त्यसै दिन बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने छ।

विश्वकप प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिता को लोकप्रियता बढाउन ट्रफीलाई रुट बनाएर विभिन्न मुलुकको यात्रा गराउने चयन छ सोही अनुरुप नेपाल मा पनि पहिलो पटक विश्वकप ट्रफी नेपाल आईपुगेको छ । यस अघि सन २०१३ मा फिफा बिश्वकप को ट्रफि नेपाल आईसकेको छ ।

बिश्वकप ट्रफी यात्रा अहिले जारी छ ।ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै ट्रफी नेपाल आएको हो । आईसीसी का अनुसार यस पटक ५ वटा महादेशका २१ राष्ट्रका ६० भन्दा बढी सहरमा बिश्वकप ट्रफी पुग्ने छ । अब भारत हुँदै न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी सम्म बिश्वकप ट्रफी पुग्नेछ ।

अगस्ट २७ तारिख मा दुबईस्थित आईसीसी को मुख्यालय बाट सुरु भएको यात्रा करिव ९ महिना चल्नेछ । अन्तिम का १०० दिन आयोजक को स्थानिय शहर मा ट्रफी यात्रा गराईने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *