विश्वकप क्रिकेट ट्रफी यात्रा को दोस्रो दिन मा ट्रफी पोखरा पुग्यो : हिमाल को काखमुनी भब्य स्वागत
कार्तिक १० , अनलाईन खेलखबर || अर्को बर्ष इङ्ल्यान्ड र वेल्समा मा हुन गईरहेको एकदिवसीय बिश्वकप को ट्रफी यात्रा आईसीसी ले अहिले जारी राखेको छ । विभिन्न मुलुक पछि बिश्वकप ट्रफी शुक्रबार नेपाल आईपुगेको छ ।
चार दिने ट्र्फि यात्रा मा पहिलो दिन विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्थित स्तुपामा प्रदर्शन गरिएको थियो । र आज सनिवार दोस्रो दिन मा बिश्वकप को ट्रफी पोखरा पुगेको छ ।
पोखरा मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग को माहोल मा ट्रफी लाई प्रदशनि गरिदै छ ।
यस्तै पोखरा बाट आईतवार ट्रफी काठमाडौ ल्याईने छ । काठमाडौंको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ। सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको छ ।
ट्रफी लाई बसन्तपुर क्षेत्रमा विशेष फोटोशुट पछि सोमबार दुवई लगिने कार्यक्रम तय भएको छ ।
विश्वकप प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिता को लोकप्रियता बढाउन ट्रफीलाई रुट बनाएर विभिन्न मुलुकको यात्रा गराउने चयन छ सोही अनुरुप नेपाल मा पनि पहिलो पटक विश्वकप ट्रफी नेपाल आईपुगेको छ । यस अघि सन २०१३ मा फिफा बिश्वकप को ट्रफि नेपाल आईसकेको छ ।
बिश्वकप ट्रफी यात्रा अहिले जारी छ ।ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै ट्रफी नेपाल आएको हो । आईसीसी का अनुसार यस पटक ५ वटा महादेशका २१ राष्ट्रका ६० भन्दा बढी सहरमा बिश्वकप ट्रफी पुग्ने छ । अब भारत हुँदै न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी सम्म बिश्वकप ट्रफी पुग्नेछ ।
अगस्ट २७ तारिख मा दुबईस्थित आईसीसी को मुख्यालय बाट सुरु भएको यात्रा करिव ९ महिना चल्नेछ । अन्तिम का १०० दिन आयोजक को स्थानिय शहर मा ट्रफी यात्रा गराईने कार्यक्रम रहेको छ ।