onlinekhelkhabar.com

Complete website for Nepali Sports News

त्रिशुल किग्स लालमटिया ले उचाल्यो ग्लोबल प्रिमियर लिग ( जिपिएल ) क्रीकेट प्रतियोगिता को उपाधी

कार्तिक ९ , सनिस आजाद (अनलाईन खेलखबर)| ग्लोबल युथ क्लव को आयोजना मा दाङ को पाखापानी मा भएको ग्लोबल प्रिमियर लिग ( जिपिएल ) क्रीकेट प्रतियोगिता को उपाधी त्रिशुल किग्स लालमटिया ले उचालेको छ ।

आज शुक्रबार स्थानिय पाखापानी खेल मैदान मा पाखापानी राईनोज र त्रिशुल किग्स लालमटिया बिच भएको प्रतियोगिता को फाईनल खेल मा पाखापानी राईनोज माथी त्रिशुल किग्स लालमटिया ले २ बिकेट ले जित हासिल गर्दै प्रतियोगिता को च्याम्पियन बनेको हो ।

फाईनल खेल मा टस जितेर पाखापानी ले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ६ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको थियो ।। पाखापानी राईनोज का लागि अनिल खड्का ले सर्बाधिक २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न असफल भए पछि टिम कम स्कोर मा समिटिएको थियो ।

यसपछि १ सय ६ रनको सामान्य बिजयी लक्ष्य लिई जवाफी ब्याटिङ गर्न उत्रिएको लालमटिया ले १९.५ ओवर मा ८ बिकेट गुमाएर लक्ष्य भेटायो ।

त्रिशुल किग्स लाई प्रतियोगिता को च्याम्पियन बनाउँन बिष्णु सुबेदि को ३७ रनको पारी ले महत्त्वपूर्ण भुमिका खेल्यो उनी खेलको म्यान अफ दि म्याच समेत भएका थिए ।

प्रतियोगिता को च्याम्पियन बनेको त्रिशुल किग्स लालमटिया ले नगद ८ हजार राशी का साथ मा प्रमाण पत्र र मेडल प्राप्त गर्न सफल भयो । पुरस्कार राप्ती गाउँपालिका का अध्यक्ष नुमानन्द सुबेदि को हात बाट बितरण गरिएको थियो ।

प्रतियोगिता को समापन तथा पुरस्कार बितरण मा राप्ती गाउँपालिका का प्रमुख नुमानन्द सुवेदी को प्रमुख अथित्यता मा भएको कार्यक्रम लाई सभापतित्व आयोजक ग्लोबल युथ क्लव का अध्यक्ष रमेश कडेल ले गरेका थिए । यस्तै उक्त कार्यक्रम मा पत्रकार हरु बिदुर एमसि , सन्तोष कुमार गुप्ता र ओम प्रकाश गुप्ता को अथितिका रुपमा उपस्थिति रहेको थियो ।

यस्तै प्रतियोगिता मा सहभागि टिम का मालिक हरु त्रिशुल किग्सका हेमराज पोख्रेल , भालुबाङ नाईट राईडर्स का सनिस आजाद , पाखापानी राईनोज का डयामन्ड पोख्रेल र सिद्देश्वरी लायन्सका चन्दमणी ज्ञवालि को समेत उपस्थिति रहेको थियो । र कार्यक्रम लाई पवन आचार्य ले सन्चालन तथा घन्यवाद ज्ञापन गरेका थिए ।

प्रतियोगिता मा ४ टिमहरु को सहभागिता रहेको थियो । जस मा अक्सन मार्फत खेलाडी छ्नोट गरिएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *