नेपाल को सबैभन्दा ठूलो घरेलु क्रीकेट प्रतियोगिता पिपिएल आज बाट सुरु : उद्घाटन खेल मा पोखरा र बिराटनगर भिडने
कार्तिक ९ ,अनलाईन खेलखबर || अन्तत प्रतीक्षाको घडि समाप्ति भएको छ ,क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालि को आयोजना मा आज देखि नेपाल को पर्यटकीय सहर पोखरा मा पहिलो पटक पोखरा प्रिमियर लिग ( पिपिएल ) क्रीकेट प्रतियोगिता सुरु हुदैछ ।
नेपाल को घरेलु क्रीकेट ईतिहास मा हालसम्म कै सबैभन्दा ठूलो पुरस्कार राशि रहेको पिपिएल करिव ११ दिन सम्म चल्नेछ । प्रतियोगिता आज देखि २० गते सम्म चल्नेछ ।
आज हुने उदघाट्न खेल मा शरद भेषवाकर को पोखरा पल्टन र सन्दिप लामिछाने को बिराटनगर टाईटान्स बिच प्रतिस्पर्धा हुनेछ ।
पिपिएल को बिजेता ले २७ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।
यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकै पटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको यो पनि पहिलो पटक नै हो ।
यस्तै प्रतियोगिता को हरेक खेल को म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने ब्यबस्था आयोजक ले
गरेको छ ।
प्रतियोगिता लाई नमस्ते लागर बियरको मुख्य प्रायोजन गरेको छ । बैङ्किग पार्टनर को रुपमा नबिल बैंक जोडि सकेको छ । यस्तै हस्पिटल पार्टनर को रुपमा ग्रान्डी अन्तरास्ट्रिय हस्पिटल जोडिएको छ । हस्पिटालिटी पार्टनर को रुपमा ओयो जोडिएको छ ।भने अन्य विभिन्न ब्रान्ड हरुको साथ पिपिएल लाई मिलेको छ ।
६ सहरको प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज टिमहरु खेल्ने लिगको लागि लगभग ४ हजार दर्शक अट्ने प्याराफिट निर्माण समेत गरिएको छ । प्रतियोगिता मा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् ।
प्रतियोगिता मा टिम हरु ल अक्सन मार्फत खेलाडी छ्नोट गरेका थिए । स्वदेशी तथा बिदेशी खेलाडी हरु को बेजोड प्रदशन पिपिएल मा हुने देखिन्छ । टिमहरु ले नाम चलेका खेलाडी अनुबन्धित गरेका छ्न जसले प्रतियोगिता को रौनक थप बढेको छ ।
प्रतियोगिता को खेल तालिका अनुसार लिग मा केही नियम परिवर्तन छ्न जुन यसअघि नेपाल का ठुला लिग मा हुँदै आएका थिए त्यस्तो नभई पिपिएल ले समुह चरणको खेल पछि अंक तालिकामा पहिलो हुने टोलीले सिधै फाईनल पुग्ने प्राबधान राखिएको छ । भने अंकतालिका को दोश्रो र तेश्रो हुने टोली ले खेल एलिमिनेटरमा जित हात पारेर फाइनल पुग्नु पर्नेछ ।
आज प्रतियोगिता उद्घाटन समारोह पछि करिव ११ बजे पछि पोखरा र बिराटनगर भिडने छ्न। खेलको प्रत्यक्ष प्रशारण हिमालय एचडि टेलिभिजन ले गर्नेछ ।